खगेन्द्र नव जीवन विशेष शिक्षा मावी गोकर्णेश्वरमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
कपन अनलाइन
काठमाडौँ, असार ६ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ नारायणटारमा संचालित खगेन्द्र नव जीवन विशेष शिक्षा माध्यमिक बिध्यालयमा अध्ययनरत शिशु कक्षा देखि कक्षा १२ सम्मका अपांगता भएका बालबालिकाहरुलाई संघीय सरकारबाट प्राप्त हुने छात्रवृत्ति वितरण गरिएको छ ।
आइतबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का निवर्तमान वडा अध्यक्ष एबम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याल लगायतले संघीय सरकारबाट प्राप्त भएको छात्रवृत्ति वितरण गरेका हुन। प्रति महिना प्रति विद्यार्थी ४ हजारका दरले वार्षिक १० महिनाको ४० हजारको चेक हस्तान्तरण गरिएको थियो । साथै सोहि कार्यक्रम मार्फत आज विद्यालयले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको थियो ।