आयो भन्नु छ याम जागरणको : त्रिलोचन आचार्य (कविता )

आयो भन्नु छ याम जागरणको : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार ४ ।

खेल्छन् बादल झुम्मिँदै गगनमा अड्डाजमाई जब
मेरो चित्त थपक्क खेत दगु¥यो, आषाढ आयो अब
हे पंक्षी गण गाइद्यौ घुमि–घुमी, मीठा असारे लय
आयो भन्नु छ याम जागरणको, के काम पाल्ने भय?

छोरा झट्ट फुकाउगोरु घरका तिल्के र झिल्के दुवै
ओडेरै घुम कुद्दछौँ झिसमिसे, खुल्दा बिहानी सबै
चाँडै पर्दछ डाक्नु आज त हली, आली लगाऊ तिमी
आयो भन्नु छ यामजागरणको, केही नहोओस् कमी ।

खै रोपार कतागए? नबस है, छोरी बुहारी घर
रोप्दा आज मुठी फलीकन मुरी खुल्नेछ त्यो मंसिर
बेठी लाउनुपर्छ ल्याउँनु भनौँ बाजा अनेकौँ थरी
आयो भन्नु छ यामजागरणको, क्यै हुन्नआओस्झरी ।

दोहोरी पनि चल्छ गाउनु त्यहाँ हालेर भाका सबै
छ्याप्नेछन् छरपष्ट दप्द पहिलो चल्छन् तमासा अझै
उर्लेको खहरे छ त्यो सजग भै, नाघ्दै पुगौँ यत्नले
आयो भन्नु छ यामजागरणको, आस्था र सङ्कल्पले ।

पालो पर्म छ आउँछन् सब जनाकाका र काकी त्यहाँ
खानै पर्दछ है दही र चिउरा हामी भुलौँला कहाँ?
जम्ला रम्झम यो भनी पर भयो त्यो जेठको धप्धप
आयो भन्नु छ यामजागरणको, हामी बनी उत्सुक ।

हेर्नै पर्दछ कर्मको गहकिलो मेलातँ आकाश खुल्
धर्ती पर्छ सिँगार्नु यो समयमा लौ लालुपाते तँ फुल्
हेर्छन् मख्ख परेर शैलचुचुरा, यो सिर्जनाको पला
आयो भन्नु छ यामजागरणको, भर्दै किसानी कला ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।