गोकर्णेश्वरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई अपाङ्ग पुनर्स्थापना केन्द्र नेपालको बधाई

गोकर्णेश्वरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई अपाङ्ग पुनर्स्थापना केन्द्र नेपालको बधाई

कपन अनलाइन

काठमाडौं जेठ २३ । अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ले नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ विश्व बातावरण दिवसको अवसरमा संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रमको

अध्यक्षता  अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ का अध्यक्ष  उदय बहादुर लिम्बुले  गरेका  थिए । अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ले  गोकर्णेश्वरका   नव निर्वाचित नगर प्रमुख दिपक रिसाल ,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत ,वडा सदस्यहरु कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ  सुनिता परियारलाइ  फुलको गुच्छा दिएर बधाई सहित सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो । संस्थाका सचिब  रवि राज रिमालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको कार्यक्रममा संस्थाकी  कोषाध्यक्ष अम्बिका भण्डारी हुमागाईंले  शुभकामना मन्तब्य राख्दै संस्थाको  अवस्थाको बारेमा जानकारी गराएकी थिइन ।

कार्यक्रमलाई नगर प्रमुख दीपक रिसाल, वडा अध्यक्ष जयराम महतले सम्बोधन गर्दै धन्यवाद ज्ञापन गरेका थिए उनीहरुले नगरपालिका भित्र बिभिन्न खालका समस्या रहेका बताउदै  ति समस्या समाधानका लागि सदैव तयार रहने र  समस्या समाधानका लागी कन्जुस्याई नगरि काम गर्ने प्रतिबद्धा जनाएका थिए  । उनीहरुले  साझा ढंगले सबै संग सल्लाह गरेर नै अघि बढ्ने बताउदै अपांगता भएकाहरुको लागि पनि नगरपालिकाले सम्बोधन गर्ने बताएका थिए ।कार्यक्रममा संस्थाका सल्लाहकार चन्द्र प्रसाद पौडेल लगायत संस्थाका स्वयंसेवक दिदिबहिनीहरुको उपस्थिती रहेको  कार्यक्रम   संस्थाका सदस्य राजेश दाहालले संचालन  गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।