संस्थागत  बिध्यालय संघ नेपाल (इसान) कागेश्वरीको अध्यक्षमा कुमार अधिकारी , को को बने पदाधिकारी?

संस्थागत  बिध्यालय संघ नेपाल (इसान) कागेश्वरीको अध्यक्षमा कुमार अधिकारी , को को बने पदाधिकारी?

कपन अनलाइन

काठमाडौं, जेठ २३ । संस्थागत  बिध्यालय संघ नेपाल (इसान) कागेश्वरी मनोहरा नगरपालिकाको  प्रथम नगर अधिबेसन  सम्पन्न भएको छ। शनिबार थली स्थित व्यंजन पार्टी प्यालेसमा भएको उक्त अधिबेसनले कुमार अधिकारीको अध्यक्षता ९ सदस्यीय  नगरकमिटि गठन गरिएको छ । इसानका केन्द्रीय अध्यक्ष तथा एकता जेम्स इङ्लिस एकेडेमी स्कुल र कलेजका प्रिन्सिपल भीमबहादुर दर्लामीको  प्रमुख आतिथ्यमा सपन्न नगर अधिवेसनमा इसान गोकर्णेश्वर कमिटि संयोजक साधना खतिवडा, महानगरीय प्रहरी प्रभाग थलीको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक पिताम्बर पराजुली लगायत इसानका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रम बाट  कुमार अधिकारीको अध्यक्षतामा निम्न पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको छ पदाधिकारीको नामावली यस प्रकार रहेको छ ।

१ अध्यक्ष  कुमार अधिकारी

२ उपाध्यक्ष यादब घिमिरे

३ सचिब दिनेश घिमिरे

४ सहसचिव राम प्रसाद बराल

५ कोषाध्यक्ष जयराम सापकोटा

६  सदस्य अमर थापा

७ सदस्य यङगिता लामा

८  सदस्य कमुना श्रेष्ठ

९ सदस्य देबेन्द्र श्रेष्ठ

 नव निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि  इसानका केन्द्रीय अध्यक्ष तथा एकता जेम्स इङ्लिस एकेडेमी स्कुल र कलेजका प्रिन्सिपल भीमबहादुर दर्लामीले  बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।