ओखलढुंगा चम्पादेवी एमालेका पुर्व नेता खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश

ओखलढुंगा चम्पादेवी एमालेका पुर्व नेता खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा एमालेले गाउँ पालिका अध्यक्षको टिकट नदिएपछी  बागी उम्मेदवारी दिएका मिश्र र उनकी श्रीमती कविता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिई नेपाली कांग्रेसमा  प्रवेश गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि उनी खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका उनले ३० मत प्राप्त गरेका थिए।

बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षसहित साधारण सदस्यबाट समेत निष्कासन गरेर उनकै वडाका पुर्व अध्यक्ष  झम्कहरी बडाललाई अध्यक्ष बनाएको छ ।

तपाइँको प्रतिक्रिया ।