उठ्छ चौपट्ट हाँसो : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४ ।
१. बिग्य्रो, भत्क्यो, जमिनधसियो, खेत बारी बगायो
आगो लाग्यो, सब चिज सक्यो, दिव्य स्वप्ना उडायो
हा¥यो निर्धो, जगत निठुरी, हेर चित्कार डाँको
भन्नै पर्ने किन घरिघरी, उठ्छ चौपट्ट हाँसो ।
२. हामी सोझा, विकल लठुवा, बोल्न केहीनसक्ने
निल्छन् सोझै, सब जग अरू धूर्त निर्धक्क ठग्ने
चुड्कीमारे पनि सफल त्यै, नित्यथापेर पासो
भन्छौँ, रून्चे नजर किन यो, उठ्छ चौपट्ट हाँसो ।
३. नाङ्गै नाँचे पनि त उसको हुन्न केहीबिगार
गुड्डीहाँके पनिदश थरी त्यै छ उम्दाउदार
लुट्ने कै हो फगत नलुटे हुन्छ बाँकीगथासो
भन्ने कै पो समय छ कि यो ? उठ्छ चौपट्ट हाँसो ।
४. कालो मैलो सकलजिउको छोपिने बन्छ सेतो
राम्रो फाल्दै पहिरन पर्यो भिर्नु खोजेर छोटो
खान्छन् जान्छन् पर जन कतानित्य राखेर चासो
खर्चेका छौँ समय त्यसमा, उठ्छ चौपट्ट हाँसो ।
५. आफू खोज्ने फगत सजिलो भार अर्को उठाओस्
आफू गर्ने मनपरि अरू मार्ग राम्रो समाओस्
आफ्नै चम्क्योस् अनि सकलत्यो व्दार सम्भावनाको
भन्छौँ, मैत्रीयपन छ कहाँ? उठ्छ चौपट्ट हाँसो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक