शङ्खे पार्क : कुमार भुजेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४ ।

खुसीलाग्छ शङ्खेपार्क तिम्रो सामु आउँदा
आनन्द लाग्छ शङ्खेपार्क तिमीभित्र हराउँदा
चक््रmपथको छेवैमा कस्ले तिमीलाई बनार्यो ?
तिम्रो सुन्दरताले मेरो मन धेरै लोभ्यायो ।

अटल, अडिक, भई भव्य र सभ्य तिमीछौ
घुमन्ते बटुवालाई शितलप्रदानगर्दछौ
गर्र्मीमाशितल दिन्छौ तिमी जाडोमा घाम
शङ्खकै आकारको तिमी मिठो छ है नाम ।

घुम्दै, फिर्दै तिमीभित्रप्रवेश गर्दा म हराएँ
मनभित्रका दुखपीडा जति सबै विसाएँ
साना सना लोखर्केहरूले मलाई बोलाए
परेवाकाबथानहरूले पखेटा फिजाए ।

तिमीभित्रै छ घर्मको आस्था मठ मन्दिर
तिम्रो शोभा बढाइ रहेकाछन पिपलु र बर
तिम्रै वक्षस्थलमाउफ्रदै, नानीहरू रमाउँछन्
बासन्तीबागका सुन्दर फूलहरू मुस्कुराउँछन्् ।

लुटुपुटु गर्छन मायाका जोडी तिम्रो काखमा
चिरविर गर्दै पन्छीहरू नाच्छन् डाली डालीमा
शान्तशितल शङ्खे पार्क स्वर्ग जस्तो लाग्छ मलाई
जहाँपुगेपनि म सँधै सम्झी रहने छु तिमीलाई ।

(रावाबेसी गापा.खोटाङ ।)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक 

 

तपाइँको प्रतिक्रिया ।