गोकर्णेश्वरका नवनिर्वाचित जनप्रतिनिधिलाइ भेनस नेसनल कलेजको बधाई तथा सम्मान

गोकर्णेश्वरका नवनिर्वाचित जनप्रतिनिधिलाइ भेनस नेसनल कलेजको बधाई तथा सम्मान

कपन अनलाइन

काठमाडौँ, जेठ १३ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसीगाउमा संचालित भेनस नेसनल कलेजले नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई  सम्मान गरेको छ।  कलेजले आज  गोकर्णेश्वर नगरपालिका ,स्थानीय निर्वाचन बाट नव निर्वाचित जनप्रतिनिधिलाइ बधाई तथा शुभकामना कार्यक्रम   मार्फत गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित दिपक रिसाल उप प्रमुख सान्नानी लामा, वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष मधु तामाङ वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ७ का वडाअध्यक्ष केशब बहादुर गुरुङ वडा नं ८ का वडाअध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजीव थापालाइ बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको हो।

कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण गौतम, भेनस  पब्लिक स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल गोकर्णेश्वर एन प्याब्सन अध्यक्ष मोहन अधिकारी लगायत कलेजका शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन भेनस नेसनल कलेजका पब्लिक रिलेसन अफिसर बिनितराज अर्यालले संचालन गरेका थिए।

कार्यक्रममा भेनस नेसनल कलेज प्रमुख कृष्ण गौतमले शुभकामना मन्तब्य राख्दै  नव निर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। उनले  नगरबासीको हितमा काम गर्न अनुरोध समेत गरेका थिए। उनले जनताको मत र मन जितेर ५ वर्ष कार्यकालको लागि समग्र   गोकर्णेश्वर नगरपालिकाको हित र बिकासका निम्ति प्रतिबद्धताका साथ अघि आएका नव निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनको दौरान गरेका प्रतिबद्धता र घोषणा अनुरुप काम गर्न सक्नेछन भन्ने बिश्वास ब्यक्त गरेका थिए ।उनले निर्वाचन अघि जुन  दलको झण्डा मुनि रहेर  निर्वाचन लडे पनि निर्वाचित भए संगै समग्र नगर बासीको हितका लागि राजनीतिक दल भन्दा माथि उठेर  नगरपालिका र  देशको  झण्डा मुनि रहेर समान रुपले काम गर्नेछन भन्ने  बिश्वास र अपेक्षा गरेको बताए।

 ५ वर्ष सम्म गरेका कामको आधारमा जनताले मूल्यांकन गर्ने हुँदा राम्रो काम गर्न अनुरोध गरेका थिए।उनले संस्थागत बिध्यालय र सामुदायिक बिध्यालय पार्टी हेर्ने दृष्टिकोण समान हुनु पर्नेमा जोड दिदै कुनै पनि विभेद र भेदभाव नहोस भन्ने अनुरोध गरेका  थिए। समग्र गोकर्णेश्वर नगरपालिका भित्र बनाइने शिक्षा नीतिमा सामुदायिक बिध्यालय र सामुदायिक बिध्यालयलाइ हेर्ने दृष्टि समान होस् भन्ने कामना समेत गरेका थिए। भेनस नेसनल कलेजले नगरपालिकाले कार्यन्वयन गर्ने योजना लगायत अन्य कामका लागि  आवश्यक साथ र सहयोग हुने पनि जानकारी गराएका थिए ।

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फ गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले आयोजकलाइ धन्यबाद दिदै घोषणा पत्र अनुरुप  नै अगाडी बढ्ने जानकारी गराएका थिए। उनले नगरको काममा जनताको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको जानकारी गराएका थिए । उनले स्वास्थ्य र शिक्षालाइ प्राथमिकतामा राखेर अघि बढ्ने बताउदै संस्थागत बिध्यालय र सामुदायिक बिध्यालयको बीचमा रहेको खाडल पुर्नको लागि प्रयास गर्ने पनि जानकारी गराएका  थिए।कार्यक्रमलाइ सम्बोधन गर्दै नगर उप प्रमुख सान्नानी लामाले आयोजकलाइ धन्यबाद दिदै  सामुदायिक  बिध्यालय र संस्थागत  बिद्यालय बीच सहकार्य र समन्वय गरि  नगरपालिका अधि बढ्ने बताइन ।उनले  जनताको बीचमा रहेर नै उनीहरुको समस्या समाधान गर्न नगर पालिका प्रतिबद्द रहेको पनि जानकारी गराएकी थिइन् ।

 कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक रिसालले नगरपालिकाले शिक्षाको नीति बनाउँदा बिद्यार्थीहरु संग समेत अन्तरक्रिया गरिने जानकारी दिदै आगामी ५ वर्ष भित्र बिद्यार्थीहरुले कस्तो नगरपालिकाको रुपमा गोकर्णेश्वर नगरपालिका देख्न चाहन्छन  उनीहरु संग भएका योजना  र भिजनको बारेमा समेत कार्यक्रम राखिने जानकारी दिदै उत्कृष्ट योजना र भिजनलाइ  पुरस्कृत समेत गरिने जानकारी गराएका थिए।

अध्यक्षताको आसन बाट बोल्दै  भेनस नेसनल कलेजका अध्यक्ष पेमा छिरी शेर्पाले  उपस्थित सबैलाई धन्यबाद दिदै  बिगतमा भएका कमि कमजोरीलाइ सच्याउदै अगाडी बढ्न अनुरोध गरेका थिए ।उनले सम्पूर्ण जनप्रतिनिधिहरुलाई नगरपालिकालाइ शैक्षिक हबको रुपमा विकास गर्न समेत अनुरोध गर्दै त्यसमा भेनस नेसनल कलेजको सहयोग रहने पनि बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।