काठमाडौं महानगरपालिका वडा नं  १६ को अध्यक्षमा मुकुन्द रिजाल निर्वाचित

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १३।

काठमाडौं महानगरपालिका वडा नं  १६ को अध्यक्षमा पुनः मुकुन्द रिजाल निर्वाचित भएका छन् । नेकपा एमालेका लक्ष्मी रत्न तुलाधरलाई पराजित गर्दै नेपाली कांग्रेसका रिजाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन् ।

रिजालले ४ हजार १९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी तुलाधरले ३ हजार ३१० मत पाए । दुई उम्मेदवार बीचको मतान्तर ७०९ रहेको छ।

यस्तै तेस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५८९ मत पाउँदा राप्रपाका बिन्दिका गुरुङलाई ५५७ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।