मन्त्रीकै छोराहु भन्दै गणेशले हाले एमाले मुख्यालयमा निवेदन

१४ जेठ, काठमाडौ । पर्यटन तथा नागरिक उड्डेयनमन्त्री कृपासुर शेर्पालाई बाबु दावी गर्दै आएका गणेश शेर्पाले नागरिकता दिलाइदिन माग गर्दै बुधवार एमाले मुख्यालयमा निवेदन दिएका छन् ।

kripashur-sherpa-Sex-abuse-650_

तीन पृष्ठ लामो निवेदनमा उनले बाबु कृपासुरको नामबाट नागरिकता दिलाइदिन माग गरेका छन् ।

टेन्टबाट सञ्चालन हुँदै आएको एमाले मुख्यालयमा गणेशको निवेदन कार्यालय सहयोगी चन्द्रदेव पासवानले दर्ता गरेर कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलाई बुझाएको नयाँ पत्रिकामा खबर छ ।

एमाले कार्यालय सचिव श्रेष्ठले गणेशले दिएको निवेदनबारे अध्यक्षलाई जानकारी गराउने बताए । गणेशले आफू मन्त्री कृपासुरको छोरा भएको प्रमाणित कागजातको रुपमा शैक्षिक प्रमाणपत्र, काठमाडौ जिल्ला अदालतमा दिएको मुद्दाको फोटोकपी पनि निवेदनसँगै संलग्न गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।