ब्याटल ग्राउण्ड बुढानिलकण्ठ : गगन थापा र डा. राजन भट्टराई मैदानमा

ब्याटल ग्राउण्ड बुढानिलकण्ठ : गगन थापा र डा. राजन भट्टराई मैदानमा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसार अहिले निकै तीव्र बनेको छ। काठमाण्डौ जिल्लाका नगरपालिका मध्ये सबैभन्दा धेरै जनशंख्या भएको बुढानिलकण्ठ नगरपालिकामा पनि अहिले चुनावी माहोल निकै तातेको छ।

नेपालका रास्ट्रपति ,प्रधानमन्त्री सहित उच्च पदस्त व्यक्तित्वहरुको बसोवास रहेको बुढानिलकण्ठ नगरपालिकामा अहिले नेकपा एमाले ,नेपाली कांग्रेस ,नेकपा एस र राप्रपा ,लोसपा ,विवेकशील शाझा र स्वतन्त्र उम्मेदवारहरु घर दैलो अभियानमा निकै व्यस्त रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ११ वटा वडा जितेको नेकपा एमाले ,२ वटा जितेको नेपाली कांग्रेस संगै एमाले विभाजन पछी बनेको नेकपा एस विभिन्न रणनीति बनाएर मैदानमा उत्रिएका छन।

धेरैको अनुमान र विश्लेषणलाई गलत सावित गर्दै नगर प्रमुख पदको टिकट ल्याएका नेकपा एमालेका मिठाराम अधिकारी र नेपाली कांग्रेसका बिनोद चालिसे विच अहिले निकै टक्कर देखिएको छ भने तुयो विचमा नेकपा एसका बाल कृष्ण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुमित खरेल पनि आफ्नो दायरालाई बढाउने दाउमा रहेका छन।

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १५ जना नगर प्रमुख पदका दावेदार रहेको बुढानिलकण्ठ नगरपालिकामा अहिले प्रमुख पदका उम्मेदवार संगै ठुला नेताहरुको पनि अदृश्य प्रतिस्पर्धा रहेको चर्चा हुन् थालेको छ।

नेकपा एमालेका मिठाराम अधिकारीको टिकटका पहल गरेको भनिएका डा. राजन भट्टराई र बिनोद चालिसेको टिकट ल्याउन पहल गरेको मानिएका गगन कुमार थापाको सक्रियता र सहभागिताले सो चर्चालाई थापा बल दिएको छ।

नेपाली कांग्रेसका महामन्त्री थापा अहिले नगर प्रमुख पदका उम्मेदवार चालिसेको र्याली र घर दैलोमा सहभागी बनेर मत मागिरहेका छन भने नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई पनि हरेक दिन घर दैलोमा सहभागी बनेर अधिकारीलाई मत मागिरहेका छन।

दुई नेता प्रत्यक्ष मैदानमा आए संगै निकै रोचक बनेको बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक माहोलमा नेकपा एसका काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष तथा काठमाण्डौ क्षेत्र नं ४ (२ ) का सांसद कुसुम कुमार कार्कीको प्रवेसले थप रौनक बढाएको टिप्पणी हुन् थालेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का ८ वटा वडामा क्लिन स्विप गरेको नेकपा एमालेको विरासत जोगाउदै नगर प्रमुख पदमा अधिकारी जिताउने अभियानमा  रहेका डा. भट्टराई र ५ वर्ष कुनै पनि वडामा औपचारिक रुपमा छिर्न नपाएर रन्थनिएका थापाको जसरि पनि स्थानीय तह जित्ने रणनीतिले बुढानिलकण्ठलाई राजनीतिक ब्याटल ग्राउण्डमा परिणत गरिदिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।