बुढानिलकण्ठ-१० का वडा अध्यक्ष उम्मेदवार नवराज भट्टराईले ५ वर्षमा के के गरे ? (विवरण सहित )

बुढानिलकण्ठ-१० का वडा अध्यक्ष उम्मेदवार नवराज भट्टराईले ५ वर्षमा के के गरे ? (विवरण सहित )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१ ।

३२ वर्ष १० महिना १५ दिनको युवा उमेरमा बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा बढी जनशंख्या र मतदाता भएको वडा नं  १० मा निकै फराकिलो मतान्तर सहित वडा अध्यक्ष पदमा निर्वाचित भएका नवराज भट्टराईले ५ वर्षमा भएका कामहरुको विवरण बुझाउदै वडावासी संग मत मागिरहेका छन।

२०७४ साल जेष्ठ १० गते सपथ खाएर कार्यकालको प्रारम्भ गरेका भट्टराई र उनको टिमले ठुला पूर्वाधार देखि विविध रचनात्मक कामहरु सम्पन्न गरेको छ।

अहिले पनि बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरु मध्ये सबै भन्दा कान्छा वडा अध्यक्ष उम्मेदवार रहेका भट्टराईले जेष्ठ नागरिक सम्मान देखि युवा संजाल मार्फत युवा लक्षित दर्जनौ अभियान र कार्यक्रमहरु सम्पन्न गरेका छन।

२०७४ सालमा वडा सदस्य चन्द्रमान श्रेष्ठ ,र भुव प्रसाद रेग्मी ,महिला सदस्य रिता दाहाल र दलित महिला सदस्य दिलकुमारी विक संगै निर्वाचित भएका नेकपा एमाले केन्द्रीय प्रतिनिधि परिषद सदस्य नवराज भट्टराई यस पटक पनि अनुभवी श्रेष्ठ ,दाहाल र बिक संगै शशक्त नेत्री देवी रेग्मी सहितको टिम लिएर निर्वाचनको मैदानमा होमिएका छन।

पहिलो कार्यकालको ५ वर्षमा के के गर्यो वडा अध्यक्ष उम्मेदवार नवराज भट्टराई र उनको टिमले ?

तपाइँको प्रतिक्रिया ।