चम्पादेवीका सुरेश थापा र खड्ग बहादुर कार्कीलाई लखेट्दै “खरायो”

चम्पादेवीका सुरेश थापा र खड्ग बहादुर कार्कीलाई लखेट्दै “खरायो”

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा अहिले “खरायो” को चर्चा निकै चलेको छ।

जमेर उकालो लागिरहेको आफ्नो राजनितीक यात्रालाई खालमा राख्दै अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका नेकपा एमालेका गाउँ कमिटीका पुर्व अध्यक्ष खेम मिश्रले खरायो चुनाव चिन्ह पाए संगै विविध  चर्चा परिचर्चा  सुरु भएको छ।

नेकपा एमालेबाट दुई पटक साविक फुलवारी गाविसको नेतृत्व गरेर केहि दिन अगाडी नेकपा माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेस गरेका खड्ग बहादुर कार्कीले अध्यक्षको टिकट ल्याए संगै पार्टी बाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका मिश्रले  पनि चुनावी अभियान सुरु गरेका छन।

चम्पादेवी गाउँपालिकामा विकासप्रेमी नेता भनेर चिनिएका कार्कीका दरिला सहयात्री वडा नं ७ का अध्यक्ष उम्मेदवार सुरेश थापालाई पनि अहिले खरायोले निकै लखेटिरहेको चर्चाले राजनीतिक माहोल  तताएको छ।

नेकपा एमालेबाट उम्मेदवार बनेका थापालाई अहिले वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार  विष्णुहरी पोखरेलले निकै कडा चुनौती दिइरहेका छन।

वडा नं ७ का  मतदाता रहेका नेकपा एमाले,नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र मोहन बैध समर्थित  क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको दृश्य अदृश्य समर्थन पाएका पोखरेलको चुनाव चिन्ह खरायोको चर्चा अहिले निकै चुलिएको हो।

ओखलढुंगा जिल्लाको एमाले राजनीतिको शिर्ष स्थानमा रहेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलका प्रिय पात्रहरु खड्ग बहादुर कार्की र सुरेश थापालाई आफ्नै पार्टीका नेताहरुले समेत खुलेर सहयोग नगरेको आरोप लागिरहेका बेला नेपाली कांग्रेसका उम्मेदवार नबराज केसीलाई भने सहज हुने देखिएको विश्लेषण गाउँपालिकामा  भैरहेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।