बुढानिलकण्ठ -१२ मा नेकपा एसलाई झट्का ,प्रभावशाली नेता चौलागाई नेकपा एमालेको प्रचारमा

बुढानिलकण्ठ -१२ मा नेकपा एसलाई झट्का ,प्रभावशाली नेता चौलागाई नेकपा एमालेको प्रचारमा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सामाजिक र राजनीतिक विकासमा प्रभाव राख्ने नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता बाबुराम चौलागाई नेकपा एमालेको प्रचार अभियानमा सक्रिय बनेका छन ।

नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रहेका चौलागाईले वडा नं १२ को फैका चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरी बिजयी बनाउन वडावासी संग अनुरोध गरेका थिए।

नेकपा एसले आफ्नो प्रभाव क्षेत्रका रुपमा प्रचार गर्दै आएको बालकुमारी टोल सुधार समितीका अध्यक्ष समेत रहेका चौलागाई लामो समय देखि वातावरण र शशक्तिकरणको क्षेत्रमा क्रियाशील रहदै आएका छन।

वडा नं १२ को ठुलो मध्येको एक बालकुमारी टोल सुधार समितिको अध्यक्षका रुपमा विकास निर्माण र टोलवासीको सुख दुखमा साथ दिने चौलागाईको सहयात्राले निकै उत्साह थपेको भन्दै वडा अध्यक्ष पदका उम्मेदवार शम्भु प्रसाद भट्टराईले वडा नं १२ मा दिनप्रति दिन नेकपा एमाले प्रति वडावासीको समर्थन र साथ बढेको बताएका छन।

वडामा अहिले नेकपा एमालले सहयोग गर्ने र अभियानमा सामेल हुनेहरुको शंख्या बढ्दै गएको त्यो आगामी केहि दिनमा झन् थपिने बताउदै भट्टराईले वडा नं १२ विगत ५ वर्षमा नेकपा एमालेको नेतृत्वमा भएका कामहरु हेरेर वडा वासीले ३० गते मत हाल्ने विस्वास समेत व्यक्त गरेका छन।

जनप्रतिनिधिका रुपमा अनुभवी पुर्व नगर कार्यपालिका सदस्य शान्ता ढकाल ,सदस्य डिल्ली प्रसाद खतिवडा ,मीना बयलकोटी र अनुभवी तथा सक्रिय महिला नेत्री ईश्वरी भट्टराई सहितको टिम लिएर निर्वाचनको मैदानमा उत्रिएका भट्टराईलाई सयौ घरधुरी भएको बाल कुमारी टोल सुधार समितिमा विकास निर्माण ,खानेपानी र शशक्तिकरणका विभिन्न अभियान चलाएर टोल वासीको मन जित्न सफल चौलागाईको साथले मतमा समेत महत्वपूर्ण सहयोग हुने विश्लेषण गरिएको छ ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।