चन्द्रागिरी  नगरपालिकाको प्रमुखमा एमालेका उत्तम बहादुर राउत र उपप्रमुखमा बसन्ती श्रेष्ठले मनोनयन दर्ता गराए

कपन अनलाइन

काठमाडौँ,बैशाख १२ ।  चन्द्रागिरी   नगरपालिकामा  नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेका उत्तम बहादुर राउत ले मेयरको लागि मनोनयन दर्ता गराएका हुन् । त्यस्तै उपमेयरमा बसन्ती श्रेष्ठले मनोनयन दर्ता गराएकी छन् ।दलबल सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएको एमालेको टोलीले मेयरमा राउत र उपमेयरमाश्रेष्ठ   सहित सबै वडामा उम्मेदवारी दर्ता गराएका हुन् ।मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरी पुगेका मेयरका उम्मेदवार राउतले समग्र नगरको   विकासको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन  ।

 

 

 

तपाइँको प्रतिक्रिया ।