तारकेश्वर नगरपालिकाको प्रमुखमा एमालेका रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल(भानु)ले मनोनयन दर्ता गराए

कपन अनलाइन

काठमाडौँ,बैशाख १२ ।   तारकेश्वर  नगरपालिकामा  नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेका  रामेश्वर बोहोराले मेयरको लागि मनोनयन दर्ता गराएका हुन् । त्यस्तै उपमेयरमा भवानी डोटेल (भानु ) मनोनयन दर्ता गराएकी छन् ।दलबल सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएको एमालेको टोलीले मेयरमा  बोहोरा  र उपमेयरमा डोटेल   सहित सबै वडामा उम्मेदवारी दर्ता गराएका हुन् ।मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तारकेश्वर पुगेका मेयरका उम्मेदवार  रामेश्वोरले बाँकी योजना पुरा गरि   समग्र नगरको   विकासको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।