गोकर्णेश्वर ८ को वडाध्यक्षमा नेपाल सुशासन पार्टी बाट आदर्श क्षेत्रीले दिए उम्मेदवारी

गोकर्णेश्वर ८ को वडाध्यक्षमा नेपाल सुशासन पार्टी  बाट आदर्श क्षेत्रीले दिए उम्मेदवारी

कपन अनलाइन

काठमाडौं, बैशाख ११ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा अध्यक्ष पदका लागि पूर्वडिआइजी रमेश  प्रसाद खरेलको नेतृत्वमा स्थापित भएको नेपाल सुशासन पार्टीको तर्फ बाट उम्मेदवार आदर्श क्षेत्रीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । वडा अध्यक्ष उम्मेदवार क्षेत्रीले गोकर्णेश्वर ८ मा स्थापना गरिएको  निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन।  उनको समर्थनमा प्रस्तावक सुमन भण्डारी र निर्मला पौडेल खत्री रहेकी छिन ।

नेतृत्व उमेर वा विरासतले होईन, विचार र क्षमताले हासिल हुन्छ भन्ने विचार राख्ने क्षेत्री रत्न राज्य क्याम्पस बाट राजनीति शास्त्रमा स्नातकोत्तर गरिरहेका छन ।  राजनीति संगै बिभिन्न संघ संस्थामा आवद्द हुदै समाजसेवामा सक्रिय रहेका  क्षत्री युवा व्यवसायी समेत हुन । समाज रुपान्तरमा युवाको भुमिका महत्वपूर्ण हुने भएकाले वडाको समग्र विकास गर्न आफुले उम्मेदवारी दिएको उनले बताएका छन ।स्थानीय तह निर्वाचनको मनोनयन दर्ता आज भइरहेको छ । भोलिसम्म दर्ताको क्रम जारी रहनेछ ।

तपाइँको प्रतिक्रिया ।