गोकर्णेश्वरमा माओवादी र एकीकृत समाजवादी बीच तालमेल

गोकर्णेश्वरमा  माओवादी र एकीकृत समाजवादी बीच तालमेल

कपन अनलाइन

काठमाडौँ, बैशाख ११ । गोकर्णेश्वर नगरपालिकामा सत्तारुढ गठबन्धनसम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल हुने भएको  छ । नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल भएको हो  ।

दुई पार्टीबीच बनेको  सहमतिअनुसार मेयरमा एकीकृत समाजवादीका गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रका पेमा छिरी शेर्पा उम्मेदवार बन्नेछन् ।नगरभित्रका ९ वटा वडाहरुमध्ये ६ वटा वडाहरुमा माओवादी केन्द्र र बाँकी ३ वटामा समाजवादीलाई दिने सहमति भएको छ । जसमध्ये १,२,३,५,७,९ वडाहरु माओवादी केन्द्रले लिएको छ भने ४,६,८ वडाहरु एकीकृत समाजवादीको भागमा परेको छ ।मेयरका उम्मेदवार  गोपाल  बराल, र  उपमेयर को उम्मेदवारपेमाछिरी शेर्पासँगै वडाका प्रत्याशीहरूले सोमबार उम्मेदवारी दिने छन् । जोरपाटी निवासी बराल नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य हुन भने  त्यस्तै पेमा छिरि शेर्पा नेकपा माओवादी केन्द्र बागमती  प्रदेश परिषद सदस्य एवम् गोकर्णेश्वर नगर इन्चार्ज समेत हुन् ।

तपाइँको प्रतिक्रिया ।