बुढानिलकण्ठमा ५ नगर प्रमुख र ४ वडा अध्यक्षमा उम्मेदवारी ,एक नम्बरमा सुमित खरेल
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ११।
बैशाख ११ गते बुढानिलकण्ठ नगरपालिकाको नगर प्रमुखमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन।
वडा नं २ मा रहेको बुढानिलकण्ठ नगरपालिकाको निर्वाचन कार्यालयमा आज बेलुका ५ बजे सम्म दुई जनाले पार्टीका तर्फ बाट र तिन जनाले स्वतन्त्र उम्मेदवारहरुले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन ।
आज भएको मनोनयन दर्तामा पहिलो नम्बरमा स्वतन्त्र उम्मेदवार सुमित खरेलले उम्मेदवारी दर्ता गरेका छन भने महेश केसीले दोश्रो नम्बरमा नाम दर्ता गरेका छन ।
त्यस्तै स्वतन्त्र उम्मेदवार आशिष श्रेष्ठ संगै लोकतान्त्रिक समाजवादी पार्टीका सिताराम विश्वकर्मा र नेपाल कम्युनिस्ट पार्टी ( समाजवादी ) की निर्मला पाण्डेले पनि नगर प्रमुख पदमा उम्मेद्वारी दिएकी छन।
त्यस्तै वडा नं १३ को अध्यक्षमा कृष्णभक्त श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन भने लोकतान्त्रिक समाजवादी पार्टीका नवराज भण्डारीले वडा नं ११ ,दीपक गतराजले वडा नं १२ र रबिन्द्र धितालले वडा नं ८ को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन।