कागेश्वरी मनोहरा र बुढानिलकण्ठ सहित चार नगरपालिकामा नेकपा (एकीकृत समाजवादी ) को दावी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३।

नेकपा (एकीकृत समाजवादी ) ले काठमाण्डौ जिल्लाका १० नगरपालिका मध्ये चार वटा नगरपालिकाको प्रमुखमा दावी गर्ने बताएको छ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति नजिकिदै गर्दा गठबन्धनमा चार वटा नगरपालिकामा आफ्नो दलको दावी रहने नेकपा (एकीकृत समाजवादी ) का जिल्ला उपसचिव तथा काठमाण्डौ क्षेत्र नं ४ का अध्यक्ष धुर्व राज न्यौपानेले बताएका छन।

नेकपा एकीकृत समाजवादीको नेतृत्व रहेको कागेश्वरी मनोहरा नगरपालिका सहित बुढानिलकण्ठ ,तारकेश्वर र किर्तिपुर नगरपालिकाको नेतृत्व पाउनु पर्ने गठबन्धनमा दावी गर्ने बताउदै न्यौपानेले बताएका छन।

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा र शंखरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ अहिले नेकपा एसमा रहेका छन।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा पनि वडा अध्यक्ष सहित ८ जनप्रतिनिधि नेकपा एसमा रहेका छन भने तारकेश्वर नगरपालिकामा पनि जनप्रतिनिधि सहित धेरै नेताहरु सो पार्टीमा रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।