बुढानिलकण्ठ ११ र १२ मा रास्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवार सर्वसम्मत

कपन अनलाइन
काठमाडौं, बैशाख ३।

रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ मा वडा अध्यक्षको उम्मेदवार सर्वसम्मत चयन  गरेको छ।

रास्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकको उपस्थितिमा भएको भेलाले वडा नं ११ को अध्यक्षमा केदार खड्का र वडा नं १२ को अध्यक्ष पदमा हरि मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

केहि दिन भित्र नै बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा उम्मेदवार  तय गर्ने तयारीमा रहेको राप्रपाले निर्वाचन परिचालनका कार्यक्रमहरु पनि सुरु गरेको छ।

को हुन् वडा अध्यक्ष उम्मेदवारहरु ? 

१. केदार खड्का

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा राप्रपाका तर्फबाट अध्यक्ष पदको उम्मेदवारमा सिफारिस भएका केदार खड्का पर्यटन र  होटल व्यवसायी हुन्।

वडा नं ११ को विकास निर्माण र सामाजिक गतिविधिमा सक्रिय रहेका खड्का २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्ष पदको उम्मेदवार रहेका थिए।

२.हरी मगर 

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा राप्रपाका तर्फबाट अध्यक्ष पदको उम्मेदवारमा सिफारिस भएका हरी मगर मुस्कान चोक युवा क्लवका अध्यक्ष हुन्।

वडा नं १२ मा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेका मगरले व्यवस्थापन विषयमा स्नातक (BBS) गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।