पैयाटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न

पैयाटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको पैयाटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

पैयाटार आकाशदेवी साकोसको कार्यालय बुढानिलकण्ठ -११ मा भएको सो रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका थिए।

नेपाल रेड क्रस सोसाइटी कपन उपशाखाको समन्वयमा भएको उक्त रक्तदान कार्यक्रममा संस्थाका शेयर सदस्य ,संचालक समिती तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

हरेक वर्ष सामाजिक गतिविधि गर्ने संस्थाको योजना अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिदै संस्थाका अध्यक्ष राज कुमार खड्का ( राम ) ले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।

सहकारी संस्था केवल नाफामुलक  गतिविधिमा मात्र केन्द्रित हुनु नहुने बताउदै संस्थाका सचिव राजेन्द्र बुढाथोकीले सामाजिक उत्तरदायित्व बहन गर्ने अभियान अन्तर्गत सो रक्तदान कार्यक्रम गरिएको जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।