गोकर्णेश्वर नगरपालिकामा मेयर कप फुटबल रनिङ शिल्ड प्रतियोगिता आज बाट शुरु

गोकर्णेश्वर नगरपालिकामा मेयर कप फुटबल रनिङ शिल्ड प्रतियोगिता आज बाट शुरु

कपन अनलाइन

काठमाडौँ,चैत्र २९। गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति द्वारा आयोजित  मेयर कप फूटबल रनिङ शिल्ड  प्रतियोगिता आज बाट शुरु भएको छ ।   मुलपानीको अमर सिंह चोक स्थित खेल मैदानमा संचालन  भएको उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाका  भित्रका ८ वटा टिमले  सहभागीता जनाएका  छन। प्रतियोगिताको उद्घाटन गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक संजय लामाले रेफ्रीलाइ बल हस्तान्तरण गरि उद्घाटन गरेका हुन।

 संक्षिप्त रुपमा आयोजित उद्घाटन सत्रमा बोल्दै समितिका अध्यक्ष संजय लामाले  नगरस्तरीय खेल खेलाएर यस क्षेत्रबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने तयारीस्वरुप प्रतियोगिता आयोजना गरिएको बताए । खेलकुदका कारण खेलाडीको स्वास्थ्यमा सकारात्मक परिवर्तन मात्रै नभएर यसबाट नगर, जिल्ला र राष्ट्रले गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने उनको बिश्वास रहेको जानकारी गराउदै खेलाडीलाइ अनुसाशित भइ खेल कौशल देखाउन समेत अनुरोध गरेका  थिए ।

प्रतियोगिताको उद्घाटन खेल गोकर्णेश्वर नगरपालिका वडा नं १ र गोकर्णेश्वर नगरपालिका वडा नं २ बीच भएको भएको थियो। निर्धारित समय सम्म पनि दुवै टिमले गोल गर्न नसके पछि खेलको निर्णय टाइब्रेकरमा बाट लिइएको थियो ।उक्त खेलमा वडा नं १ ले वडा नं २ लाइ  टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरेको छ  बैशाख ३ गते सम्म चल्ने उक्त प्रतियोगितामा  प्रथम र दितीय हुनेले क्रमश  नगद रु   १ लाख ,  ५१ हजार  सहित ट्रफी मेडल र प्रमाण पत्र  प्राप्त गर्नेछ भने  उत्कृष्ट हुने खेलाडीले पनि ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।