नेकपा माओवादी चम्पादेवीमा भूकम्प : प्रभावशाली नेता खड्ग बहादुर कार्की एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता खड्ग बहादुर कार्की नेकपा एमालेमा प्रवेस गरेका छन।

२०४९ सालको स्थानीय निकायको निर्वाचमा साविक फुलवारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा नेकपा एमालेको उम्मेदवारका रुपमा निर्वाचित भएका कार्की सो क्षेत्रमा विकासप्रेमी नेताका रुपमा परिचित छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फ बाट उम्मेदवार बनेर १९३९ मत प्राप्त गरेका कार्की चैत्र २५ गते सुक्रवार घोराखोरी पुगेका कार्कीलाई नेकपा एमालेका नेताहरुले स्वागत गरेका थिए।

चैत्र २६ गते गाउँपालिकाका अन्य माओवादी नेताहरुको प्रवेस कार्यक्रम आयोजना गरेको नेकपा एमालेका नेताहरुले सामाजिक संजाल मार्फत कार्कीलाई स्वागत गर्दै खुसि व्यक्त गरेका छन।

कार्की नेकपा एमालेमा प्रवेस गरे संगै नेकपा माओवादी केन्द्र चम्पादेवीमा पहिरो जान सक्ने अनुमान गर्न थालिएको छ। यस अघि पनि नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष सहित दर्जनौ नेकपा एमालेमा प्रवेस गरेका थिए।

सो क्षेत्रको विकास निर्माण र सामाजिक विकासमा समेत प्रभावशाली योगदान दिएका कार्कीले कपन अनलाइन संगको कुराकानीमा आज देखि पुन नेकपा एमालेको आन्दोलनमा सामेल भएको बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।