बुढानीलकण्ठमा १२ लाखभन्दा बढी नगदसहित दर्जन बढी जुवाडे पक्राउ
कपन अनलाइन
काठमाडौं कात्तिक १८।
बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद रु. १२ लाख २९ हजार ६०० सहित २३ जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८३ कार्तिक १७ गते मङ्गलबार राति करिब ११ः१५ बजे गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले पासिकोटस्थित दुईतले टिनको टहरामा छापा मारेको थियो।
नुवाकोटको बेलकोटगढी नगरपालिका–४ घर भएकी ४१ वर्षीया प्रतिभा तिमिल्सिनाले भाडामा लिएको कोठामा जुवातास (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ३३ थान कौडा, १७ बुक तास, नगद रु. १२ लाख २९ हजार ६००, २३ थान मोबाइल तथा विभिन्न सवारीसाधन बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।
