जोसेफ मेगा ईभेन्ट पुरस्कार बितरण, दिर्घ सेवा सम्मान, दिक्षान्त समरोह र डान्सिङ आईडल सम्पन्न

जोसेफ मेगा ईभेन्ट पुरस्कार बितरण, दिर्घ सेवा सम्मान, दिक्षान्त समरोह र डान्सिङ आईडल सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

जोसेफ एजुकेसनल नेटवर्क अन्तर्गत जोसेफ कलेज, जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलक मेगा ईभेन्ट “जोसेफ खेलकुद सप्ताहमा बिजयी बिध्यार्थीहरुलाई पुरस्कार बितरण, जोसेफ दिर्घ सेवा सम्मान, टिचर खेलकुद अवार्ड बितरण, पुर्ब प्राथमिक तह उत्तिर्ण बिध्यार्थीहरुको दीक्षान्त समारोह तथा जोसेफ डान्सिङ आईडल सिजन-१ को ग्र्याण्ड फिनाले ” बुढानिलकण्ठ नगरपालिकाका मेयर आदरणीय उद्दब प्रसाद खरेलको प्रमुख आतिथ्यतामा मिलनचोक पार्टी भेन्युमा सम्पन्न भएको छ ।
कार्यक्रममा जोसेफ कलेज, जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलबाट खेलकुद सप्ताह -२०७८ मा बिजयी भएका ५२५ जना बिध्यार्थीहरुलाई प्रमुख अतिथी तथा बिशेष अतिथिहरुले ट्रफी, मेडल तथा सर्टिफिकेट  प्रदान गरेका थिए  ।
यसै अबसरमा जोसेफ स्कुलमा स्थापना समयदेखी कार्यरत ३३ जना शिक्षक- कर्मचारीहरुलाई जोसेफ दिर्घ सेवा सम्मान प्रदान गरिएको थियो भने पुर्ब प्राथमिक तह पास गरेका १३५ जना बिध्यार्थीहरुलाई दिक्षित गरिएको थियो । कार्यक्रमकै क्रममा जोसेफ डान्सिङ आईडल को फाईनल प्रतियोगिता आयोजना गरि बिजयी प्रतियोगीहरुलाई विशेष अतिथी नगर प्रबक्ता तथा बुढानिलकण्ठ नगरपालिका वडा न १० का अध्यक्ष नवराज भट्टराईले ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए  ।
कार्यक्रममा चर्चित टेलिभिजन कार्यक्रममा ईन्द्रेणीका प्रमुख कृष्ण कडेल तथा ईन्द्रेणी टिमले जोसेफ डान्सिङ आईडलका बिजयी बिध्यार्थीहरुलाई ईन्द्रेणी कार्यक्रममा प्रस्तुतिको लागि अबसर दिने घोषणागरेका थिए  ।
एन एम बी बैंक कपनका म्यनेजर, नृत्री निर्देशक संघका केन्द्रीय र जिल्ला प्रतिनिधिहरु, निर्णायकहरु, शान्तिनगर टोल सुधार समितिका अध्यक्ष शोभा खरेल, अभिभावकज्युहरु, लोक गायक तथा जोसेफ कलेजका बिध्यार्थी प्रसन्न पाठक, बाल लोक दोहोरी गायिका तथा जोसेफ स्कुलकी बिध्यार्थी रबिना बसेल, बिध्यालयका ईसिएए कोरडिनेटरहरु, ईन्चार्जहरु, शिक्षक शिक्षिका तथा बिध्यार्थीहरु सहित १००० जना सहभागी जोसेफको मेगा ईभेन्टमा प्रमुख अतिथी लगायत अतिथिहरुले जोसेफ स्कुलले बिध्यार्थीहरुलाई असल सस्कार सहित गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलापमा बिध्यार्थीहरुलाई सक्रिय सहभागी गराएर देश तथा बिदेशमा समेत चर्चित भएको कुरा बताउदै आगामी दिनमा बिध्यालयलाई अझै सफलता मिलोस भन्ने शुभकामना गरेका थिए ।
बिध्यालयको बिबिध गतिविधिको बारेमा आफ्नो भनाई राख्नुका साथै उपस्थित सम्पुर्ण प्रमुख अतिथी, अतिथिहरुलाई हार्दिक धन्यवाद सहित मायाको चिनो प्रदान गरि जोसेफ एजुकेसनल नेटवर्कका प्राचार्य सुर्य बहादुर अधिकारीले कार्यक्रम समापन गरेको  ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारीले बताएका छन  ।
तपाइँको प्रतिक्रिया ।