सनिवार नेपाल महिला संघ बुनपा-१२ को आयोजनामा निःशुल्क स्वास्थ परिक्षण सिविर हुने

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

नेपाल महिला संघ बुढानिलकण्ठ नगरपालिका वडा नं १२ समिति को आयोजनामा निःशुल्क स्वास्थ परिक्षण आयोजनाहुने भएको छ ।

बि एण्ड बि अस्पतालको मेडिकल सहयोग तथा घट्टराज मेमोरियल स्कुलको स्थानीय सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजनको जिम्मेवारी पाएका किसोर थापाले बताएका छन ।

नेपाल महिला संघ का वा. सभापति निर्मला दाहालको नेतृत्वमा रहेको महिला संघको सक्रियता संगै बुनपा १२ मा निरन्तर कार्यक्रमहरु सञ्चालन भइरहेको बताउदै निःशुल्क स्वास्थ परिक्षणको सुविधा लिन संयोजक दाहालले अनुरोध समेत गरेकी  छन ।

राजनीति सेवामैत्री भावका आधारमा हुनुपर्ने मान्यताका साथ समाजिक रुपमा सक्रिय रहेको महिला संघको निःशुल्क स्वास्थ परिक्षण निम्नबमोजिम सेवाहरु उपलब्ध रहेको छ ।

१.मुटु रोग

२.हाडजोर्नी

३.युरोरोलोजि

४.प्रसुति तथा स्त्री रोग

५.बाल रोग

६.सामान्य  चिकित्सा

७.नाक,कान घाँटी छाला रोग

८.दन्त सेवा

९.प्लास्टिक सर्जरी लगायतका सेवाहरु ।

तपाइँको प्रतिक्रिया ।