मैतिदेवी सेतोपुल नजिकै फोहोरको थुप्रोमा नवजात शिशुको शव भेटियो

मैतिदेवी सेतोपुल नजिकै फोहोरको थुप्रोमा नवजात शिशुको शव भेटियो

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

काठमाण्डौ महानगरपालिका वडा नं ३०  मैतिदेवीस्थित सेतोपुल नजिकै फोहोरको थुप्रोमा नवजात शिशुको शव भेटिएको छ । रगतले लतपतिएको अवस्था शव भेटिएको प्रहरीले जनाएको छ।  बिहीबार बिहान शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।