भुकम्पमा मरेका पशु व्यवस्थापन किन र कसरी गर्ने ?
यहि बैशाख १२ गते गएको शक्तिशाली भुकम्पमा देशभर असंख्य मात्रामा पशु–पंक्षीको समेत मरेका छन् । भुुकम्प प्रभावित क्षेत्रमा यसरी मरेका जीवजन्तुुको उचित व्यवस्थापन हुुन सकेन भने विभिन्न खाले रोगहरुको संक्रमण बढ्नसक्न छ । तसर्थ यस्तो खालको प्रकोपबाट बच्न मरेका पशुहरुको उचित व्यवस्थापन गर्नु टड्कारो आवश्यकता रहेको छ । जति चाँडो मरेका पशुको व्यवस्थापन गर्न सकियो त्यति नै धेरै महामारी, हैजा, आदि रोग फैलिनबाट जोगिन एंव जोगाउन सकिन्छ ।
यस्तो व्यवस्थापन गर्दा स्थानीय वातावरणमा उपलब्ध स्रोतहरु जस्तै पानी, खाद्यान्नको स्रोत आदिलाई प्रतिकुल प्रभाव नपर्ने गरि गर्न सकिन्छ ।
संक्रमण रोक्ने उपायहरु ः
संक्रमण रोक्न मरेका पशुहरुको शरिर र वरिपरिको क्षेत्रमा चुना छर्कने र माशंहारी जनावरहरुले मरेका पशुुहरुलाई खान नदिने वातावरण बनाउने
समाग्री ः पन्जा, माक्स, बेल्चा, पिक र अन्य औजारहरु ।
जलाउने सामाग्री ः पेट्रोल, पराल, दाउरा
(नोट ः कुनैपनि पशुको रगत वा अंगलाई जलाउने वा उचित स्थानमा गाड्ने व्यवस्था तुरुन्त गर्नुपर्छ ।)
समय ः २४ घण्टा भित्रमा व्यवस्थापन गर्नु पर्दछ ।
स्थान ः पानीको मूलबाट कम्तीमा २०० मिटर टाढा र पानीको सतहबाट २ मिटर टाढा
गाड्ने ः १.५ मिटर खाल्डो – गाई, भैँसीका लागि
०.३ मिटर खाल्डो – भेडा, बाख्रा, सुँगुर
फाइदा : दुर्गन्ध कम फैलिने
बेफाइदा ः पानी, माटोमा प्रदूषण हुने डर र बढि समय र परिश्रमको खाँचो
(नोट ः २ मिटर जति माटोले ढाक्ने)
झटपट व्यवस्थापन ः कम्तीमा ०.५ मिटर लामो खाल्डो बनाउने र पशुलाई गाड्ने
फाइदा ः छिटो र सजिलो तरिकाले पशुको उचित व्यवस्थापन हुने, कम गन्ध आउने
बेफाइदा ः ६–१२ महिना लाग्ने