नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गर्यो

कपन अनलाइन
काठमाण्डौ ,चैत्र १ ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ ।

केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको बैठकले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ ।

विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने गुरुङले जानकारी दिएका छन ।

त्यस्तै केन्द्रबाट दिइने  महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख  तथा उप प्रमुख टिकटको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्नेछन् ।

 

तपाइँको प्रतिक्रिया ।