स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन माग

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन माग

कपन अनलाइन
काठमाण्डौ ,चैत्र १।

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन माग गरिएको छ ।

चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।

कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ ।

१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् ।

चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

तपाइँको प्रतिक्रिया ।