नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २ ।

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ ।

खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाइँको प्रतिक्रिया ।