फुटबल प्रशिक्षणका लागि सिप्रदीयन छात्रबृत्ति,फागुन २८ गते छनौट हुने
सिप्रदीयन सहायता संस्थाले काठमाडौँ किकर्ससंगको सहकार्यमा फुटबलमा इच्छुक र दक्ष भएको तर आर्थिक सहयोग चाहिएको बालबालिकाहरुलाई निःशुल्क फुटबल तालिमको लागि छात्रवृत्तिप्रदान गर्न लागेको छ ।
फुटबलमा योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई परीक्षणको अवसर प्राप्तहोस् भन्ने मूल उदेश्यको साथ यो कार्यक्रमको संचालन हुनगईरहेको छ । निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षको केटा र केटी दुवैले सहभागिता जनाउन सक्नेछन ।
विद्यार्थीहरुको चाहाना अनुसार छनौट कार्यक्रम शनिबार छुट्टिको दिनमा संचालन गरिने छ। हाल काठमाडौं किर्कस एकेडेमीमा स्कटिस प्रशिक्षक लि.मेनसनले प्रशिक्षण दिइरहेका छन ।
भविष्यमा यस एकेडेमी मार्फत उत्पादन भएका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विशिष्ट अवसर सहित खेलकौसल प्रदान गर्न सकुँन भन्ने उद्येश्यका साथ निजि स्तरको लगानीमा एकेडेमी सञ्चानलमा रहेको छ ।
संस्थाका कार्यकारी प्रमुख बद्री भट्टराईले यो छात्रबृत्ति आफ्नो महत्वपूर्ण पुरस्कार र अवसर भएकाले तोकिएका उमेर समुहका सबै खेलाडीहरुलाई नियमानुसार छनौट कार्यक्रमा सहभागी हुन अनुरोध समेत गरेका छन ।
छनौट मितिः २८ फागुन २०७८
समयःदिउँसो १२ बजे
स्थानःकुपन स्पोर्ट्स सेन्टर, बलुवाखानी, काठमाडौँ
जानकारी चाहिएमा : ०१(४१६४३९२
सन् २०१२ देखि कार्यशील रहेको सिप्रदीयन सहायता संस्था एक लाभनिरपेक्ष, गैरसरकारी तथा सामाजिक संस्था हो ।