“रुस–युक्रेन युद्ध : महिला र बालबालिका संकट” विषयक विचार गोष्ठी सम्पन्न

“रुस–युक्रेन युद्ध : महिला र बालबालिका संकट” विषयक विचार गोष्ठी सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन २५ ।

अन्तराष्ट्रिय नारी दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाको आयोजनामा “रुस–युक्रेन युद्ध : महिला र बालबालिका संकट”मा विषयक विचार गोष्ठी सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट पूर्वमन्त्री अम्बिका बस्नेतले शािन्त समाजले विश्व शान्तिका लागि निर्वाह गरेको योगदान विशिष्ट रहेको बताउनु हुँदै महिला सशक्तिकरणको आलोचनामा महिला स्वंय अघि बढ्नुपर्ने कुरामा जोडदिएका थिए  ।

सांसद सरित न्यौपानेले जुनसुकै युद्धमा महिला अधिकार हननले सीमा नाघ्ने गरेको बताउनु हुँदै युद्धको सम्भावना अन्त्यतर्फ नेपालको भूमीबाट समेत विशेष योगदान हुनुपर्ने चर्चा गरेका थिए  ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, प्राचार्य महेन्द्र भट्टराई, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका वडा नं. ८ का अध्यक्ष मनोज ढुंगाना, शान्ति समाजका उपसभापति कृष्ण ब. रावल, महासचिव रामकृष्ण बरालले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति समाजले नेपाली भूमीबाट गरेको शािन्तका लागि अपरिहार्य रहेको बताएका  थिए  ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५ र ६ अध्यक्षहरु नारायण सुवेदी र रमेश अर्याल लगायतका विभिन्न संघसस्थाबाट महिलाहरुको उपस्थिति रहेको थियो ।

शान्ति समाज काठमाडौँ शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगिता ढुंगाना दाहालले युद्ध अन्त्यको आवाहन सहित कविता वाचन गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।