बुढानिलकण्ठ नगर प्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगर प्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ,फागुन ३।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले बुढानिलकण्ठ नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख,उपप्रमुख सहित ११ वटा वडा जितेको नेकपा एमालेबाट  आगामी निर्वाचनमा नगर प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

सबै शाखा र नगर कमिटीमा  सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका  तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. उद्दव प्रसाद खरेल 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फ बाट उम्मेदवार बन्दै विजयी बनेका खरेल यस पटक पनि नगर प्रमुख पदको शक्शत दावेदार देखिएका छन। नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य रहेका खरेल साविक चपली गाविसको अध्यक्ष समेत रहेका थिए।

पहिलो स्थानिय तहको निर्वाचनमा बिजयी बनेर ५ वर्षको कार्यकाल सम्पन्न गर्न गैरहेका उनले आगमी कार्यकालका लागि पनि प्रमुख पदमा दावी गर्ने गरी अनौपचारिक छलफल शुरु गरेको उनि निकट श्रोतले जानकारी दिएको छ।

२. मिठाराम अधिकारी    

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य रहेका मिठाराम अधिकारी पनि नेकपा एमालेको तर्फबाट प्रमुख पदको दावेदार देखिएका छन। साविक कपन गाविसका पुर्व अध्यक्ष समेत रहेका अधिकारी नगरपालिकामा विकासप्रेमी नेताका रुपमा लोकप्रिय रहेका छन।

पटक पटक आस्वासन र बचन पाए पनि जिम्मेवारी भने नपाएका अधिकारीले यस पटक भने नगर प्रमुख पदमा शशक्त रुपमा दावेदार प्रस्तुत गरेको चर्चा नगरपालिकामा चलिरहेको छ।

३. विदुर विक्रम खड्का 

नेकपा एमालेका जिल्ला कमिटीका सचिवालय सदस्य विदुर विक्रम खड्का पनि नेकपा एमालेको तर्फ बाट नगर प्रमुख पदका दावेदारका रुपमा रहेका छन।

स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडी नगरपालिकामा नेकपा एमालेको प्रतिनिधिका रुपमा कार्य गरिसकेका खड्का नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका कार्यालय सचिव समेत रहेका थिए ।

४. प्रदिप डंगोल  

नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदको दावेदारका रुपमा रहेका छन। निकै लामो समय सम्म नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय रहेका डंगोल गत स्थानीय तहको निर्वाचनमा वडा नं ६ को अध्यक्ष पदका उम्मेदवार रहेका थिए।

५ . नवराज भट्टराई 

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई पनि नगर प्रमुख पदका दरिला दावेदारका रुपमा देखिएका छन।

नेकपा एमाले बुढानिलकण्ठमा पुस्तान्तरण र परिवर्तनको माग उठिरहेको समयमा भट्टराई युवा पुस्ताबाट नगर प्रमुख पदका लागि शशक्त दावेदारका रुपमा देखिएका छन ।

६ .शम्भु भट्टराई  

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले पनि यस पटक नगर प्रमुख पदमा दावेदारी दिने चर्चा व्यापक रुपमा चलेको छ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका उपाध्यक्ष समेत रहेका भट्टराईले अनौपचारिक रुपमा आफु नगर प्रमुख पदमा उठ्ने बताउदै आएका छन।

तपाइँको प्रतिक्रिया ।