‘कहानी एकादेशको’ गीत सार्वजनिक

कपन अनलाइन

काठमाडौँ,फाल्गुन ३। ‘कहानी एकादेशको’ गीत सार्वजनिक भएको छ । निशान भट्टराईको आवजमा रहेको कहानी एकादेशको गीत सार्वजनिक भएको हो ।

गीतको भिडियो सोमबार काठमाण्डौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।  दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको एकादेशको कथा बोलको गीतको भिडियोमा सागर लम्साललाई सुप्रिया खनालले साथ दिएकी छन्। दीपकप्रसाद आचार्य, सन्देश लामिछाने, भावना आचार्य लुरी,शालिकराम भण्डारी लगायतको अभिनय रहेको  उक्त  गीतमा शब्द/संगीत दिपक सापकोटाको रहेको छ ।

 गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’ले सागर लम्साल ‘बले’को अभिनयको प्रशंसा गर्दै आफुहरुको मिहनेतलाई सबैले रुचाउनेमा विश्वास व्यक्त गरे।चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन्। ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर सार्वजनिक गरेको गीतको भिडियोले सामाजिक सन्देश बोकेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।