ललितपुरमा दुर्घटना गरी फरार भारतीय सवारी साधनक्ति कीर्तिपुरबाट नियन्त्रणमा लिइयो

ललितपुरमा दुर्घटना गरी फरार भारतीय सवारी साधनक्ति कीर्तिपुरबाट नियन्त्रणमा लिइयो

कपन अनलाइन

काठमाण्डौ,फागुन ३।

फागुन २ गते बेलुका  २२:५५ बजेको समयमा  ललितपुर धोबिघाटस्थित सडक खण्डमा सवारी दुर्घटना गरी भागेको भारतीय नम्बर प्लेटको सवारी साधन कीर्तिपुरबाट नियन्त्रणमा लिइएको छ।

काठमाण्डौ परिसर मातहत प्रहरी बृत्त, प्रभाग र Control Room Vehicles (CRV) लगायतलाई Metro Control बाट जानकारी हुनासाथ   सम्भावित नाकाहरुमा चेकप्वाइन्ट खडा गरी चेकजाँच गर्ने क्रममा प्रहरी बृत्त कीर्तिपुरबाट खटिएको टोलीले  २३:०५ बजेको समयमा भारत बिहार राज्य चम्पारणबस्ने  बर्ष २८ को जोबैर अहमदलाई गाडी सहित पक्राउ गरेको थियो ।

भारतीय नम्बर BR 05 AN 5920 को कार नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान तथा कारबाहीको लागि निज जोबैर अहमदलाई  प्रहरी परिसर ललितपुरमा  पठाइएको छ  ।

तपाइँको प्रतिक्रिया ।