वनस्पतिको गुनासो : निम बहादु ओली ( कविता )

वनस्पतिको गुनासो :  निम बहादु ओली ( कविता )

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
श्रृष्टिकर्ताले मलाइ पनि, जन्म दिएकै हुन
त्यसैले त म पनि, उभिने प्रयास गरेको छु ।
तिमीले फ्याक्ने, नचाहिने हावा लिएकै छु
पृथ्वी जगतमा, अमृत वायु, छरेको छरै छु ।।

हेर त, जँगली जनावरदेखि पशुपँक्षी सम्म
छिन रहन सक्दैनन्, रुखवृक्षको अभावमा ।
पर्न थाल्छ रात जब, चिँचिँ र चुँ चुँ गर्दै
आउँछन चराचुरुङ्गीहरु, मेरै आश्रम लिन ।।

वस्नु छैन बास तिनलाइ, पृथ्वी धरातलमा
तेश्रो परेको मेरो हाँगा, नभेट्दा जव सम्म ।
स्वाद मानी खान्छन, चराचुरुङ्गी मनुवा सम्म
मैले नै फलाएको, फलफूल रस लटरम्म ।।

सखारै उठी मनुवाहरु, मेरै खोजीमा आउँछन
वस्तुभाउ पाल्न भनी, हाँगाविँगा लुछेर लान्छन ।
वस्तुभाउले पनि खान्छन् के, म नहुँदामा
विवेकी भएर चिन्तन गर, यस दुनियाँमा ।।

पानीको मुहान पनि, राम्रै हुन्छ भन्छन त्यहाँ
रुखपात जँगल पनि, प्रशस्त हुन्छ भने जहाँ ।
हावा पानी विनाको दुनियाँ, गुन त वसेर
हाम्रो जीवन चलाउन, के सम्भव होला र ।।

घर गोठ वनाउन पनि, दुगुर्छौ तिमी जँगल
खोज्दै भौँतारिदै हिन्छौ, कहाँ छन मङगल ।
मेरै हातखुट्टा लैजान्छौ, सकि नसकी भएपनि
भान्सामा वल्दैन चुल्हो, दाउरा छैनन् भनी ।।

आउँछन् बृद्ध, लाठी टेक्दै, सुस्केराको भाकामा
छहारीमा वसी, भलाकुसारी गर्न, सितलु हावामा ।
आउँछन् मेरै छहारीमा, भारी वोक्ने बटुवाहरु
कति सितलु हावा रहेछ भन्दै, सुशेल्दै प्राणवायु ।।

छु र म पृथ्वी जगत, देखिन्छ सर्वत्र हरियाली
प¥यो भने वज्रपात सधै, आउला कहाँ खुशीयाली ।
जँगली जनावर पशुपँक्षीले, दिएका छन मलाइ
थोरै भएपनि तिरेकै छन गुण, मलमूत्र खनाइ ।।

विवेकी भै हेरत, के विगारेको छु मैले तिम्रो
गर्छौ सधै किन किन, खैरो खन्ने काम मेरो ।
त्यत्ति हो फरक, तिमी हिन्न वोल्न सक्छौ
नसकेर के भो र म, सधै मेरो भर पर्छौ ।।

तर पनि सधै मेरो, खैरो किन तिमी खन्छौ
विगारेको छु मैले के, यस्तो कु कर्म गर्छौ
दिएको छु सधै तिमीलाइ, आनन्दी जीवन
पर्ने गर्छौ सधै मेरो पछि, खन्छौ जरो किन ।।

के पुगेको छैन त्यस्तो, मवाट लिन अझै
ढुक्क भन मरेर पनि, सेवामा तयार छु सधै ।
विन्ति छ मेरो, मलाइ पनि वाँच्न देउ जत्ति
पृथ्वी जगतकै उत्तम होला, भनु मैले कत्ति ।।

तर तिमी नभए पनि, खुशीले वाँच्न सक्छु म
फरक, तिमी हिंडडूल गर्न सक्छौ सक्दैन म ।
मेरो अभाबमा, जीवनको कल्पना गर्न सक्दैनौ
आफ्नो खुट्टा माथि, वन्चरो हानेको छु भन्दैनौ ।।

खुब गर्छु भन्छौ, योजना बिहिन बिकासको काम
फाल्छौ मूला उखेले जस्तो गरी, झन पछि झन ।
हेर त तिम्रो कुकर्मले, पशुपँछीका बचराहरु
विगारेका छन् के, पखेटा उम्रिन नपाएकाहरु ।।

उनीहरुको पनि, हुँदो हो इच्छा चौतर्फी घुम्ने
आमाबुवासङगै, माथि माथि उड्दै सँसार रम्ने ।
ग¥यौ के त्यस्तो कुकर्म, ती बचराहरुलाइ
गुँडैबाट उड्नै नपाइ, सँसारवाट परमधाम ।।

सितलु दिमागले सोच त, आफ्नो घर परिवारमा
पर्दैन चटयाङ, वज्रपात प¥यो भने तिम्रो छातिमा ।
कमिलोदेखि हात्तिसम्म, सवैको छ यहाँ अधिकार
विन्ति सवैको हक मास्ने, डढेलो सल्काउने नगर ।।

हेरत तिमीले लिने प्राणवायु, दुषित वायुमण्डलमा
त्यसैले आफु बाँच, अरुलाइ पनि बँचाउ जीवनमा ।
कर्तव्य हो तिम्रो पनि, पुस्तालाइ अधिकार दिलाउने
जस्ताको तस्तै, प्राकृतिक सम्पदाहरु जिम्मा लगाउने ।।

धिर्कालान पुस्ताले, पुर्खाहरु अविवेकी रहेछन भनी
कत्ति पनि विचार नगरी, काम गरेछन गनी गनी ।
डाम्ने छ इतिहासले तिमीलाइ, यस्तो गर्दै गयो भने
आफु पनि डुब्ने, सर्वत्र डुवाउने कदापि मुर्ख नबने ।।

आफनो मात्र हित हेर्दा, होला केही क्षणिक लाभ
अव्वल भन्ने हामीले, भोलि नै गर्नु पर्ला विलाप ।
कहीँ अग्ला डाँडाकाँडा, कहीँ खोल्साखाल्सी झरेका
कहीँ समथर जगत हेर्दा, मनै लोभाउने फाँट परेका ।।

हेर्दा हेर्दै देख्नै नसकिने गरी, मरुभूमी भएर जाला
दिनै वढ्दै गयो भने यस्तो चाला, गरेर को खाला ।
श्रृष्टिकर्ताले राखेछन् तिमीलाइ, अव्वल दर्जामा
आफ्नो मात्र हित हेर्ने, प¥यो कि मोह जालमा ।।

रुखपात हरियाली विनाको, वस्ती रहेको छ जहाँ
सधै आउँछ होला वाढी पैह्रो, गडगडाउँदै त्यहाँ ।

तिमी नै महान, तिमी नै श्रेष्ठ, तिमी नै विवेकी
गर काम सवैको भलाइ हुने, हात छन् पौरखी ।

बिन्ती मेरो सधै तिमीलाइ, विवेकको प्रयोग गर
वाँच्नेछौ खुशीसाथ सधै हामी, एक अर्काको भर ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।