निर्वाचन केन्द्रित अभियानमा नेकपा एमाले काठमाण्डौ

निर्वाचन केन्द्रित अभियानमा नेकपा एमाले काठमाण्डौ

कपन अनलाइन

काठमाडौँ, माघ २१।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले आसन्न निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने तयारी भैरहेको अवस्थामा जिल्ला कमिटीले चरणवद्ध छलफल र  प्रचारात्मक अभियानलाई अगाडी बढाएको हो।

काठमाण्डौ जिल्लामा पार्टी कामलाई व्यवस्थित बनाउनका लागि विभिन्न जनसंगठनहरुका केन्द्रिय नेतृत्वहरु संग छलफल गर्दै संगठन परिचालन ,गठन र पुनर्गठनका लागि योजना निर्माण गरेको जिल्ला कमिटीले चाडै नै सबै जनसंगठनहरुलाई पूर्णता दिएर परिचालन गर्ने जानकरी दिएको छ।

त्यस्तै माघ २० गते काठमाण्डौ जिल्लाका विभिन्न क्षेत्र बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ,प्रदेस सभा सदस्य तथा नगर प्रमुख र उपप्रमुखहरुको सहभागितामा बैठकको आयोजना गर्दै हाल सम्म भएका विकास निर्माण र अन्य कामहरु तथा आगामी दिनमा गर्नुपर्ने कामहरुका वारेमा छलफल गरिएको छ।

काठमाण्डौ धुम्बाराहीमा रहेको एस आर क्याटरिङमा आयोजना गरिएको सो बैठकमा काठमाण्डौ क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेल , उपाध्यक्ष तथा प्रदेस सभा सदस्य अस्टलक्ष्मी शाक्य, क्षेत्र नं ९ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा  स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ ,क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य तथा पोलिटब्युरो सदस्य कृष्ण राई ,प्रदेस सभा सदस्यहरु रामेश्वर फुंयाल ,केशव स्थापित ,नारायण सिलवाल , प्रकास श्रेष्ठ ,मणिराम फुंयाल ,राजेश शाक्य ,केशव प्रसाद पोखरेल  सिता लामा ,जिल्ला समन्वय समिति काठमाण्डौका प्रमुख ,उपप्रमुख ,सदस्यहरु  सहित नेकपा एमालेको तर्फ बाट निर्वाचित नगर प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो।

जनप्रतिनिधि र जनसंगठनहरु संग भएका दुवै बैठकहरु निर्वाचन अभियानमा केन्द्रित रहेको जानकारी दिदै नेकपा एमाले काठमाण्डौका अध्यक्ष दीपक निरौलाले आगमी सनिवार काठमाण्डौका विभिन्न स्थानमा जिल्ला कमिटीको आयोजना तथा क्षेत्रीय कमिटीको संयोजनमा १० वटै प्रतिनिधि सभा क्षेत्रमा  खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।