गौरव : बालकृष्ण गजुरेल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,माघ ११।
पासाङ्ग लामा अत्यन्तै उदण्ड थियो । एक दिन उसले पढाइरहेका शिक्षकको सर्टमा मसि छर्कियो । उक्त घटनाले रामबरण यादव चुरचुर भए । उनको रिस कन्ट्रोल भन्दा बाहिर पुग्यो । हातमा भएको डस्टरले पासाङ्गलाई तीन डस्टर हिर्काए । यो भन्दा पहिला उनले कहिल्यै बिद्यार्थीलाई दण्ड दिएका थिएनन् । समयको बेग तथा सुचनाको यूग । के चाहियो र ! क्यामेरा समाउँदै टेलिभिजन कर्मिहरु आइपुगे । रेकर्डर तथा नोट बुक बोकेर समाचार दाता धाए ।
अपराधी झैँ रामबरण यादवलाई टेलिभिजनको पर्दामा देखाइयो । बिद्यालयले सिधै रेष्टिकेट गर्यो । उनले सरकारी जागिरबाट हात धोए । सरकारी जागिर छोडेपछि रामवरण यादवले कृषि पेशा सुरु गरे । आत्म सन्तुष्टि नै खुशी माने । सम्पत्ति, मित्र, तथा अस्थित्व कमाउन सक्ने कला , क्षमता र शिक्षा नै धन सोचे । समय बदलियो । पासाङ्ग लामा त्यस दण्डबाट सुध्रियो । दण्डहिनताले अपराध पैदा गर्थ्यो । शिक्षकले पक्कै होस् पुर्याएका थिए । अत: उ प्रखर ब्यक्ति बन्यो । उच्च शिक्षापछि उ रिसर्चमा लागि पर्यो ।
उसले केही बर्षमा राष्ट्रिय पुरस्कार हात पार्यो । भाग्य तथा मेहनतले रंग ल्यायो । बिदेशको नामि संस्थामा काम गर्ने अवसर पायो । रोग प्रतिरोध क्षमता बढाउने औषधी बनाए बापत अन्तराष्ट्रिय समुदायले विश्व नोवेल शान्ती पुरस्कार दिने घोषणा गर्यो । उ अामन्त्रित भएर पुरस्कार कार्यक्रमा पुग्यो ।
उद्घोघोषिकाले मन्चमा आमन्त्रित गर्दै भनिन्, ” यो बर्षको उत्कृष्ट पुरस्कार, मानव जातीको हितको लागि सहयोग पुर्याउने ब्यक्तित्व( पासाङ्ग लामालाई ) जान्छ ।” हत्तपत्त पासाङ्ग लामाले माइक समात्यो । केही बेर मन्चको अघिल्तिर ठिङ्रिङ्ग उभियो । आखाभरि आँशु चुहाउँदै भन्यो, ” उहाँले दण्ड नदिएको भए म उदण्ड हुन्थेँ । अपराध गर्थेँ । यो लगानी तथा गौरब राम वरण सरको हो ।”