जनशक्ती पलायनको लर्को चुलिदो छ
कपन अनलाइन
काठमाण्डौ ,माघ ७/ बिनोद देवकोटा
पछिल्लो समय बैदेशिक रोजगार लगायत अन्य कामको शिलशिलामा विदेश जानेहरुको भिड निकै बढदै गएको छ । कोरोना संक्रमणको तेस्रो लहर फैलिइ रहदा विदेश पलायन हुनेहरुको भिड अत्याधिक बढेको छ । नेपालमा रोजगारीको कुनै अवसर नभेटिएपछि समृद्ध जिवनको भविस्यको खोजीमा विदेश जाने युवायुवतिहरुको लाम लागिरहेको छ । अहिले सबैभन्दा ठूलो भिड नै राहधानी विभाग र बैदेशिक रोजगारीमा सहजीकरण गर्ने म्यान पावर कम्पनीहरुमा देखिन्छ ।
मुलुकमा संघीय लोकतान्त्रिक व्यवस्था अनुसार तीन तहका सरकारहरु क्रियाशिल छन । तीन तहका सरकारहरुले रोजगारी सिर्जना गर्नका लागि ठोस योजना ल्याउनेछन र मुलुकमा रोजगारीका तमाम सम्भावनाहरु भेटिन्छन भन्ने आसा र अपेक्षा थियो तर जनअपेक्षा अनुसारको काममा कुनै पनि सरकारले काम गरेको छैन ।
जनअपेक्षाका सपना एकातिर छन भने सरकारको काम अर्कोतिर छ । राजनैतिक दलहरु आ आफ्नै डम्फु बजाउनमा व्यस्त छन । दलगत खिचातानीको लडाइ नरोकिदा जनताका समस्या सधै ओझेलमा परिरहेका छन । अझ बैदेशिक रोजगारीमा जानेहरुको समस्या त झनै डरलाग्दो रुपमा चुलिदो छ । समृद्ध भविस्यको सपना बनेर विदेशी भूमिमा गएका युवाहरुको सपना सधैका लागि विदेशको भुमिमा नै अस्ताइरहेका छन । विदेशी भूमीमा तिब्र रुपमा पलायन भैइरहेको जनशक्ती रोक्नका लागि सरकारलाई कुनै चासो नै छैन । राजनैतिक दलका लागि त झनै परको कुरा हो ।
राहदानी बिभाग अगाडीको लामो लाइन अनि भिडभाड देख्दा लाग्छ नेपालको जनशक्ती गन्तव्य मुलुकका लागि त राम्रै होला तर नेपालका लागि त पक्कै पनि शोभनीय छैन । बैदेशिक रोजगारीमा गएकाहरुको पारिवारिक विग्रह त झनै समस्यामुलक रुपमा बढदै गइरहेको छ । गन्तव्य फरक हुन सक्छ तर उद्देश्य चाही विदेशमा गएर समृद्ध भविश्यको सपना साकार बनाउने नै हो ।
तेस्रो लहरको संक्रमण तिब्र भएका बेला स्वास्थ्य मापदन्डको पनि ख्यालै नगरी राहधानी विभाग तथा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा भिड बढेको बढै छ ।
सबैलाई आफ्नो परिवार अनि देश नै प्यारो हुन्छ । यही नै केहि गरू भन्ने तिब्र चाहाना इच्छा त सबैमा हुन्छ तर के केही गर्नका लागि अवसरहरु छन त ? पक्कै पनि छैनन आफ्नै मुलुकमा केही गर्नका लागि कुनै वातावरण नै छैन । यस सरकारको कुनै चासो नै छैन ।
यसरी दैनिक रुपमा हुने जनशक्ती पलाएन रोक्न के कस्ता नीति तथा कार्यक्रम बनेका छन ? वैदेशिक रोजगारीबाट रेमिटेन्स भित्रिरहेको र त्यही रेमिटयान्समा रमाउन पाएको हुनाले पनि सरकारले जनशक्ती पलायनलाई रोक्ने ध्यान दिदैन ।
भरखरै सम्पन्न भएका राजनैतिक दलका अधिवेसनहरुले पनि धेरै युवा वर्गहरुलाई दलमा आवद्ध गराएको छ । राजनैतिक दलका अधिवेसनहरुबाट युवाहरु राजनीतिमा आएका छन । तर पनि युवा पलायनको विषयमा खासै चर्चा परिचर्चा भएको पाइन्न ।
देश र जनताको लागि राजनीति गर्ने हाम्रा राजनैतिक पार्टीको प्राथमिकतामा यो बिषयले महत्व पाएको छ त भन्ने विषय मुख्य हो । ब्रेन ड्रेन“ शब्दले मानव पूँजी स्रोतको अन्तर्राष्ट्रिय स्थानान्तरणलाई जनाउँछ ।
यसले मुख्य तया उच्च शिक्षित व्यक्तिहरूको विकासशील देशबाट विकसित देशहरूमा हुने बसाइँसराइ लाई जनाउछ । यसको धेरे कारणहरु हुनसक्छन । ती मध्ये विशेष गरि राजनीतिक अस्थिरता, जीवनको गुणस्तरहीनता, स्वास्थ्य सेवामा सीमित पहुँच, आर्थिक अवसरको अभाव लगायतका धेरै सामान्य कारणहरूले कुशल र प्रतिभाशाली कामदारहरूलाई राम्रो अवसरहरू प्रदान गर्ने ठाउँहरूको लागि स्रोत देशहरू छोड्न प्रेरित गर्दछ ।
एकातिर विकशित देसमा आर्जन गरेको उच्च शिक्षा, सिप लिएर आफ्नो देसमा केहि योगदान गरौ भन्नेहरुका लागि उपयुक्त वातावरण पनि छैन । अर्कोतिर उच्च माध्यमिक शिक्षा पुरा गरेर वा यहाको भन्दा राम्रो कमाई हुने आशामा विदेश जाने युवायुवतीको लहर उत्तिकै चुलिदो छ । यसले जनशक्ती पलाएनलाई झनै मलजल गरेको कुरामा कुनै दुविधा छैन ।
जनशक्ती पलायनलाई रोक्ने विषयमा सबैको चिन्ता र चासोको विषय बन्न जरुरी छ । विशेषगरी तिनै तहका सरकारहरुले रोजगारीका तमाम अवसरहरुको खोजी गरी आफ्नै मुलुकमा रोजगारी सिर्जना गरी जनशक्ती पलायनलाई रोक्ने ठोस योजना व्यवहारमै कार्यान्वयन गर्न जरुरी छ।
रोजगारीका अवसरहरू सिर्जना , विध्यमान कानुनको कडा कार्यान्वयन,आन्तरिक र राजनीतिक स्थायित्व सुदृढ गर्ने ,शिक्षाको गुनस्तरमा सुधार, युवा उधमसीलताको प्रबर्दन, लगानी मैत्री बाताबरणमा ध्यान दिन आवश्यक छ । ब्रेन र ड्रेन नीति निर्माता एवं राजनैतिक नेतृत्वको लागि सधैं मुख्य एजेन्डा बन्नु र बनाइनु पर्दछ ।