वरिष्ठ साहित्यकार पोषण पाण्डेको ८९ औ  जन्मजयन्ती मनाइयो

वरिष्ठ साहित्यकार पोषण पाण्डेको ८९ औ  जन्मजयन्ती मनाइयो

कपन अनलाइन

काठमाण्डौ ,माघ १।

वरिष्ठ साहित्यकार पोषण पाण्डेको ८९ औ  जन्मजयन्तीको अवसरमा  पोषण पाण्डे तीर्थ सदनले  श्रद्धाञ्जलि अर्पण गर्दै पुस ३० गते एक सरकारी विध्यालयमा कार्यक्रम आयोजना गरेको छ।

कोरोनाको तेस्रो लहरले उच्चता लिईरहेको समयको वावजुद ललितपुर जिल्लामा रहेको पुरानो सरकारी विध्यालय श्री चोयना विणा गुरु गणेश आधारभूत विध्यालयमा सीमित विध्यार्थीहरु माझ कार्यक्रम आयोजना गरिएको थिए ।

सो कार्यक्रममा केही छात्रछात्रा भाइबहिनीले पोषण पाण्डेले रचना गर्नु भएको यसै वर्ष प्रकाशित ‘मेरी नैनी’ कविता संग्रहबाट केही कविता वाचन गरेका थिए ।

कार्यक्रम कै सिलसिलामा उक्त  विध्यालयमा पुस्तकालय सञ्चालन गर्नको लागि ५० थान पुस्तक सदनको तर्फबाट  सदन सदस्य प्रतिनिधि  बिमल राज पाण्डेले विध्यालयका प्रधानाध्यापक भीमप्रसाद गेलाललाई हस्तान्तरण गरेका थिए।

पुस्तकालय स्थापना गर्न प्रोत्साहन स्वरुप सदनबाट भएको योगदानले आठ कक्षासम्म पढाई हुने उक्त विध्यालयका सय जना बालबालिकाहरू लाभान्वित हुने  बताउँदै प्रधानाध्यापक गेलालले सदन प्रति विध्यालय परिवार कृतज्ञ रहेको धारणा राखेका थिए । पोषण पाण्डे तीर्थ सदनको सो कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार विजय चालिसेले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।