माघ २ गते देखि कोभिड–१९ विरुद्ध खोपको बुस्टर डोज लगाइने

माघ २ गते देखि कोभिड–१९ विरुद्ध खोपको बुस्टर डोज लगाइने

कपन अनलाइन

काठमाण्डौ ,माघ १।

सरकारले यही माघ २ गतेदेखि कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउनने  निर्णय गरेको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई बुस्टर मात्रा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै माघ १४ गतेदेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर मात्रा लगाइनेछ । यस्तै खोप लगाएको ६ महिना पूरा भइसकेका नागरिकलाई पनि बुस्टरमात्र लगाइनेछ ।
पहिले लगाइएकै खोपको बुस्टर मात्रा लगाउने गरी स्वास्थ्यमन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाका अञ्जु बस्नेतले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।