बुढानीलकण्ठ महोत्सवको तयारी अन्तिमचरणमा, चैत्र २६ देखि प्रचारात्मक कार्यक्रम

बुढानीलकण्ठ महोत्सवको तयारी अन्तिमचरणमा, चैत्र २६ देखि प्रचारात्मक कार्यक्रम

1-IMG_0270

कपन अनलाइन\चैत्र २२, २०७१

बैशाख १ गते आयोजना हुन लागेको ऐतिहासिक बुढानीलकण्ठ महोत्सवको तयारी अन्तिमचरणमा पुगेको छ । कपन अनलाइनले  रेडियो राजधानीमा प्रस्तुत गर्ने बुढानीलकण्ठ र विकास कार्यक्रममा बोल्दै महोत्सवका संयोजक जयराम थापाले तयारीका बिभिन्न चरण पूरा भएको जानकारी दिए । रेडियो कार्यक्रममा बोल्दै थापाले महोत्सवलाई अत्यन्त ऐतिहासिक बनाउन महोत्सवले देखाउन खोजेको धार्मिक तथा ऐतिहासिक पक्षलाई सबै सहभागिले प्रत्यक्ष अनुभव हुने स्वरुपको बनाउने बताए । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बुढानीलकण्ठ मन्दिर तथा यस आसपासको मौलिकतालाई यस महोत्सवले महत्वका साथ सार्वजनिकिकरण गर्ने जानकारी गराउँदै संयोजक थापाले सबै नेपालीलाई यस महोत्सवमा सहभागि हुन अनुरोध गरे ।

1-IMG_0302यस अघि हिजो महोत्सवसम्बन्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजनाका बारेका बिबिध पक्षलाई जानकारी गराइएको थियो नेपालको धार्मिक पर्यटनका लागि अति विख्यात बुढानीलकण्ठ मन्दिर तथा यस भेकका अन्य विषयलाई प्रबद्र्धन गर्नका लागि आगामी बैशाख १ गते बुढानीलकण्ठ महोत्सव आयोजना गरिन लागिएको हो । लिच्छवीकालमा निर्मित एउटै शिलाबाट बनेको बुढानीलकण्ठको मूर्ति तथा यससँग सम्बन्धित अनेकानेक विषयलाई उजागर गर्ने हेतुले यो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । बुढानीलकण्ठ मन्दिर तथा यस आसपासका बिभिन्न मौलिक सांस्कृतिक स्वरुपका पहिचानलाई यस महोत्सवमा प्रस्तुत गरिनेछ ।

यसैगरी विश्वमै राजधानीबाट  सबैभन्दा नजिकमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रमुख हिस्सा र यसबाट उपलब्ध हुने बिबिध पर्यटकीय तथा वातावरणीय विषयलाई पनि महोत्सवले प्राथमिकताका साथ उजागर गर्ने आयोजकले जनाएको छ
यस महोत्सवका लागि भनेर विश्वकै सबैभन्दा ठूलो डमरु ल्याउन लागिएको लागिएको छ । राजधानीभन्दा बाहिरबाट ल्याउन लागिएको यो डमरुलाई बुढानीलकण्ठ परिसरमा भित्र्याउन विशेष कार्यक्रम आयोजना गरिने छ । त्यसैगरी इस्कोन रथ यात्रा, नौलिन थानको प्राचिन जात्रा पनि महोत्सव देखाइने छ ।  यस भेकको अन्य सांस्कृतिक पक्षका साथ कृषि, वातावरण एवम् जैविक विविधता, साहित्य, संगीतलगायतका पक्षलाई महोत्सवमा  विशिष्ट रुपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

1-IMG_0261 1-IMG_0252-001 1-IMG_0280

तपाइँको प्रतिक्रिया ।