सभासद गगन थापाको बोलिसहित बिकासमा गतिलो पकड

1-gagan shava1

कपन अनलाइन\चैत्र २०, २०७१

 

दृष्टिकोण—-

-सागर बैजु

नेपाली राजनीतिमिा केही आशलाग्दा पात्रहरुमध्ये अग्रपंत्तिमा आउँछन् गगन थापा । नेपाली कांग्रेशका केन्द्रिय सदस्य तथा संबिधानसभामा प्रत्यक्षतर्फबाट सभासदसमेत रहेका थापालाई नेपाली राजनीतिमा भविष्य भएको नेताको रुपमा चिनिन्छ । नेपाली कांग्रेशभित्र पनि उनको उपस्थिति मजबुत मानिन्छ । नेपाली कांग्रेशको १२ औँ अधिवेशनमा उनले सबैभन्दा बढि मत ल्याएर केन्द्रिय सदस्य जितेका थिए । मै हुँ भन्ने पूराना नेतहरुकोअगाडि उनको उचाई १२ औं महाधिवेशन बाटै बढेको हो । गत वर्ष भएको संबिधानसभाको निर्वाचनमा पनि उनले आफ्नो निर्वाचनमामात्र नभई देशका बिभिन्न क्षेत्रमा पार्टीका माथिल्लो तहको नेताहरुलाई चुनाव प्रचारमा सघाए । उनले सभापति सुशिल कोइरालाको निर्वाचन क्षेत्रमा सभेत गएर प्रचारप्रसारमा सहयोग पुर्याए ।
स्पष्ट वक्तामात्र नभई धाराप्रवाह तर्कपूर्ण भाषण तथा बहश गर्ने कौशलता भएको थापालाई आफ्नो पार्टीमा मात्र नभई अरु पार्टीका मानिसहरुले पनि मन पराउँछन् । गत वर्ष भएको संबिधानसभाको निर्वाचनमा उनले काठमाडौं क्षेत्र नं. ४ बाट प्राप्त गरेका मतले पनि यही कुरा देखाउँछ । उनले आफ्नो विपक्षीभन्दा दुई गुना ज्यादा मत ल्याएका थिए । त्यसैगरी उनले जुनजुन निर्वाचन क्षेत्रमा गएर अरु नेताहरुको चुनाव प्रचारप्रसार गरे तीमध्ये ७५ प्रतिशतले विजय हाशिल गरे । नेपाली राजनीतिमा जादुई बोली तथा तर्क भएको गगन थापालाई देशका कुनाकाप्चा तथा विदेशबाट बिभिन्न कार्यक्रममा बोलवट भैरहने गर्दछ । नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनमा थापालाई महामन्त्रि बनाउनु पर्ने माग पनि पार्टीभित्र मजबुत रुपमा उठिरहेको छ ।
देशको राजनीतिमा ठूलो प्रभाव पार्ने व्यक्ति भएको कारण पार्टील उनलाई व्यवस्थापिका संसदअन्तर्गतको पावरफूल जलश्रोत तथा कृषि समितिको सभापति पनि बनाएको छ । वर्तमान अवस्थामा नेपाली कृषिको आधुनिकीकरण तथा कृषिलाई स्वदेशी आम्दानीको मूलाधार बनाउनु पर्छ भन्ने विषयको अग्रज अभियान्ता पनि हुन गगन थापा । उनी आफै पनि केही कृषिकर्ममा आफुलाई प्रत्यक्ष अप्रत्यक्ष समाहित गरेका छन् ।
प्रस्ट वक्ताका साथमा विकास निर्माणमा पनि उनको चासो अत्यन्त महत्वपूर्ण रहने गरेको छ । कतै कतै आलोचकहरुले गगन थापा बोल्ने मात्र हो उसले विकास निर्माणमा खासै केही गर्दैन भन्ने गरेता पनि विकास प्रति उनको अत्यन्त महत्वपूर्ण चासो हुने गरेको छ । संबिधानसभाको दोस्रो निर्वाचनपछि उनले देशका बिभिन्न क्षेत्रमा विकास काम गरेका छन् । विशेष गरी आफ्नो क्षेत्रमा उनले विकासलाई विशेष जोड दिएको देखिन्छ । उनले यो बीचमा करोडौं रुपैँयाका बराबरको विकासका  काम गरे तापनि ती विषय खासै सार्वजनिक भएका छैनन् । गगन थापा जति चोटिलो र आकर्षक बोल्न सक्छन् त्यो भन्दा बढि विकास निर्माणमा चासो देखाउँछन् भन्ने कुरा उनले गएको एकवर्षमा विकास निर्माणमा गरेको योगदानले देखाउँछ । विगत १ वर्षमा सभासदको हैसियतमा काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले यस्ता काम गरेका छन् ।

सडक विभाग प्रति योजना २० लाखका ७ वटा योजना (कालोपत्रे गर्ने)

  • महानगर वडा ३३ कुमारी मार्ग काठमाडौं
  • चावहिल रिङरोड पावर हाउसबाट गोपीकृष्ण जोड्ने सडक
  • तौलुङ स्कुल पञ्चकन्या मार्ग जोड्दै बेख मार्ग हुँदै विनय मार्ग देखि तौलुङ स्कुल जाने
  • कपन वडा १, फैंका स्थित बाटो
  • प्रगती टोल ज्योतिनगर कपन ३
  • महानगर वडा ३३ कमलमार्ग

७.      तेन्जिङ चोक देखि फैंका चोकसम्म

सडक प्रति योजना १ करोड ५ बटा योजना

  • चुनिखेल, कपन, साप्रेढुङ्गा, हुँदै च्यामेखोला
  • पञ्चकन्या ,र्ग विऋणु २, देउवा चोक, जि.पी शान्ती पार्क वालुवा सुन्दरिजल राष्ट्रिय शहिद पार्क हुँदै चुनिखेल कौडोल गाम्चा सडक
  • महांकाल भङ्गाल २ देखि १ जोड्ने बाटो
  • कपन ६ आनिगुम्बा, कृष्ण मन्दिर सशस्त्र कार्यालय शहिद पार्क ६, पैँयुटार ८ र ९

५.      कपन पैँयुटार वडा ८ र ९ शहिदपार्क

सडक ५ करोडको १ योजना

१.      सुन्दरबस्ती चुनिखेल जगडोल हुँदै शहिद पार्क

महानगरपालिका

  • नगर स्तरीय (केन्द्रबाट) पहिचान गरिएका योजनाहरू
    • जम्मा १५ बटा योजना कुल बजेट रु. २८१०००००
  • जगेडा कोषबाट संचालन हुने योजनाहरू
    • जम्मा २ बटा योजना कुल बजेट रु. ५००००००
  • सडक बोर्ड नेपालको सहभागितामा संचालन हुने योजनाहरू
    • जम्मा ५ बटा योजना कुल बजेट रु. ८१०००००
  • नगरपालिका अनुदान (कृषि अनुदान)
    • सरस्वती नगरमा पिच गर्ने कार्य कुल बजेट रु.५०००००० (वडा ६ र ७ दुवैमा परेको)

 जम्मा रू. ४,६२,००,०००

जि.वि.स. —————————–

चुनिखेल

महिला लक्षित             रू. २३००००

बालबालिका लक्षित          रू. २३००००

लक्षित समुह               रू. ३,४५,०००

कृषि समुह                रू. ३,४५,०००

भौतिक पुर्वाधार            रू. ११,५०,०००

जम्मा                   रू. १९,८९,५००

 

कपन

महिला लक्षित             रू. १८००००

बालबालिका लक्षित          रू. २,२५०००

लक्षित समुह               रू. ७५००००

वातावरण                 रू. ५,५०,०००

तालिम                   रू. १४,७००००

शिक्षा, विज्ञान र प्रविधि            रू. १४,५००००

भौतिक पुर्वाधार            रू. १९,५५०००

खेलकुद                  रू. ४०००००

कला , संस्कृति तथा साहित्य रू. १५००००

स्वस्थ तथा विपद व्यवस्थापन रू. ६०००००

सार्वजिनिक जग्गा संरक्षण    रू. ३०००००

कृषि तथा पशुपालन         रू. १५००००

 जम्मा                   रू. ७८,२०,०००

 

महांकाल

भौतिक पुर्वाधार            रू. ५६,२५,८७५

विविध                         रू. १३,९०३७५

शिक्षा                    रू. ४,४६,०००

स्वास्थ                   रू. १५०,०००

महिला                   रू. १७५०००

जनचेतना र स्वयंसेवक तर्फ   रू. ४,२७३१२

तालिम                   रू. १३५०००

युवा                     रू. ७५०००

जेष्ठ नागरिक सम्मान       रू. २०००००

वालमैत्रि सैचालय           रू. ३,३५०००

कृषि                     रू. ३,७६६२५

जम्मा                    रू. ९३,३६,२६७

चपली भद्रकाली

लक्षति वर्ग तथा जनचेतना कार्यक्रम   रू. ४,२००००

भौतिक पुर्वाधार                  रू. ४९,४५०००

शिक्षा                          रू. ४,२५०००

खेलकुद                        रू. ५००००

स्वास्थ                         रू. १३५०००

कृषि                           रू. २०००००

जम्मा                          रू. ६१,७५,०००

 

योजना आयोग (रातो किताव)

पर्यटन पूर्वाधार विकास आयोजना

२ बटा योजना कुल बजेट रु. १००००००

विश्व सम्पदा संरक्षण क्षेत्र संरक्षण आयोजना

९ बटा योजना कुल बजेट रु. २२०००००

सडक

७५ बटा योजना कुल बजेट रु. १४६५८४०००

स्थानीय सडक पुल

१ बटा योजना कुल बजेट रु. २००००००

लैंगिक समानता तथा समावेशीकरण

१० बटा योजना कुल बजेट रु. २४२०००००

भवन आवास तथा सहरी विकास

१७ बटा योजना कुल बजेट रु. ४५०००००

खानेपानी तथा सरसफाई

७ बटा योजना कुल बजेट रु. ५३०००००

जल उत्पन्न प्रकोप नियन्त्रण

५ बटा योजना कुल बजेट रु. ९०००००

अनुसूची ९

शान्तिका लागि विकास कार्यक्रम

२५ बटा योजना कुल बजेट रु. ७६०८०००० (काठमाडौँ जिल्लाको जम्मा)

जम्मा रू. १३,०८,३४,०००

 

भाग १ का आयोजनाहरु (‍इष्टिमेट नभएकाले रकम निश्चित नभएको)

  • गणेश चोक-चपली भंगाल-चुनिखेल-शहिद पार्क

२.      चपली-बुढानिलकण्ठ घुम्ती सामुदायिक मार्ग- महांकाल चक्रपथ

धोविखोला कोरिडोर कार्यक्रम

निश्चित कार्यक्षेत्र तोकिएको आयोजनाः जम्मा रु. ३०,०७,७०,०००

 

 महानगरपालिका नगर स्तरीय योजना (सहभागितावाहेक मात्र)

वडा १ कमलपोखरी उत्तर पश्चिम सडक पिच गर्ने-४० लाख

वडा ७ टुसाल देखि ह्यात होटल सम्म बाटो पिच- ३० लाख

वडा ७ गौरिघाट देखि रुपा डाइङको घर सम्म (भिमसेन गणेश थानको) ढलान तथा पिच गर्ने- २५ लाख

वडा ८ शारदा गल्ली तिल गंगामा ढल बाटो निर्माण- १५ लाख

वडा ८ जय बागेश्वरी देखि सिफल चौर सम्म ढल बाटो निर्माण- २८ लाख

वडा ८ पाचा टोल, विश्व मित्रेश्वर महादेव चोक निर्माण-१२लाख

वडा ८ विनायक मार्ग कालोपत्रे गर्ने- ३०लाख

वडा ३३ मैतृ गल्लीमा ढलान गर्ने-१२लाख

वडा १ सरस्वती माता मार्ग पिच गर्ने-१८ लाख

वडा ८ इना गणेश मार्ग पिच गर्ने-११लाख

वडा ७ भण्डारेश्वर गुरुङ टोल ढल निर्माण-१३ लाख

वडा ७ गोपीकृष्ण ढल तथा बाटो निर्माण-१२ लाख

वडा ७ भिमसेन स्थान, गणेश स्थान ढल तथा बाटो निर्माण- १३ लाख

वडा ३३ कमल मार्ग पिच- ११लाख

वडा ३३ जनता मार्गमा ढल बाटो निर्माण- ११ लाख

 

जगेडा कोष बाट संचालन हुने

७ सिफल सार्वजनिक जमिन संरक्षण तथा सडक निर्माण-३५ लाख

 

तपाइँको प्रतिक्रिया ।