मेडिकल काउन्सिलका अध्यक्ष डा. गौतमले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमले आज पदबाट राजीनामा दिएका छन् । उनी गत कात्तिक २६ गते काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए ।

jageshwor-gautam
शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले गत चैत ८ गतेबाट गरेको आमरण अनसनका क्रममा मेडिकल काउन्सिलका अध्यक्षको राजीनामा या बर्खास्तको माग गरेका थिए ।

डा. गोविन्द केसी र सरकारबीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा गौतमको राजीनामा आएको स्रोतले जनाएको छ । गौतमले आफ्नो राजीनामाका बारेमा मुख्य सचिव लिलामणि पौडेललाई जानकारी गराएकामा पौडेलले डा. केसीलाई जानकारी गराइसकेको जनाइएको छ ।

 

तपाइँको प्रतिक्रिया ।