अब्राहम लिङ्कनको सत्यता : ढुण्डिराज पोखरेल (नीति कथा )

अब्राहम लिङ्कनको सत्यता : ढुण्डिराज पोखरेल (नीति कथा )

कपन अनलाइन

काठमाडौँ, पौष १७।

अमेरिकाका राष्ट्रपति अब्राहम लिङ्कन केटाकेटी अवस्थामा एउटा चिया पसलमा नोकरी गर्दथे ।
एक दिनको कुरा हो, त्यही चिया पसलसँगै जोडिएको घरकी एकजना वृद्ध महिला एउटा ठुलो कप लिएर चिया लिन आइन्, तर पसलमा निकै भिडभाड थियो, चियाका लागि लाइनमा नै बस्नुपर्ने अवस्था थियो । ती महिलाले लिंकनलाई भनिन्, ‘बाबु ! यो भाँडोमा मलाई दुई कप चिया बनाएर राखिदेऊ न । भिड केही कम भयो र लिंकनले चिया बनाएर बुढी महिलाको कपमा राखेर दिए । दुई कप चियाको पैसा लिएर आफ्नो मालिकलाई दिए । तर चिया चाहिँ भुलबस एक कप मात्र दिएको थियो । उनले बिर्सिएर नै एक कप मात्र चिया दिएका थिए । बुढीको मागअनुसार चिया त दुई कप दिनुपर्ने थियो । केही समय पछि ग्राहकहरू घट्दै गए, लिंकनलाई फुर्सद भयो । उनले मालिकसँग बसेर हिसाब गरे एक कप चियाको पैसा बढी देखियो । रात परिसकेको थियो तर लिंकनलाई चिन्ता प¥यो । दुई कपको पैसा लिएर एक कप मात्र चिया दिएकोमा उनले चिन्ता गर्दै अर्को एक कपचिया बनाएर अँध्यारोमा लाइट बालेर ती वृद्धाको कोठा पत्ता लगाएर त्यो चिया लगेर दिए । ती वृद्ध महिला लिंकनको सत्यनिष्ठ र सेवामुखी व्यवहारले मनमनै प्रसन्न भइन्, भनिन्, ‘मैले त याद गरेकै थिइन, चिया दुई कप थियो वा एक कप, याद गर्नै बिर्सेछु ।’ जब उनले लिंकनको आवाज सुनेर ढोका खोलेकी थिइन््, तब लिंकनले भने, ‘आमा भिडभाडको कारण मैले तपाईंलाई चिया कम दिएँछु, त्यसैले म पु¥याउन आएको ।’ ती वृद्ध महिला बहुत खुशी भइन र भनिन्, ‘बाबु ! तिम्रो यो इमान्दारिताले तिमीलाई एकदिन ठुलो मान्छे बनाउने छ । तिमी पक्कै पनि संसारले चिन्ने प्रतिष्ठित पदमा पुग्ने छौ र सर्वत्र तिम्रो कीर्ति चल्नेछ, यो तिम्रो इमान्दारिताको फल भगवान्ले तिमीलाई अवश्य प्रदान गर्नेछन् । तिनै व्यक्ति पछि गएर अमेरिकाको राष्ट्रपति बन्न सफल भए । भनिन्छ सत्य, निष्ठा र इमान्दारिता त्यत्तिकै खेर जादैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।