मुलपानीमा एमाले काठमाण्डौ अधिवेसन मूल व्यवस्थापन समितिको बैठक,एक हजार भन्दा बढी नेता सहभागी हुने

कपन अनलाइन

काठमाडौँ,पौष ६।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको छैटौ जिल्ला अधिवेसन मूल व्यवस्थापन समितिको बैठक उद्घाटन शत्र स्थल मुलपानीमा हुने भएको छ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको जिल्ला कमिटी सचिवालयको बैठकले अधिवेसन तयारीका लागि विभिन्न उपसमितिहरु निर्माण गर्दै मूल व्यवस्थापन समितीको बैठक आयोजना गर्ने निर्णय गरेको हो।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ,केन्द्रीय सदस्य तथा सहइन्चार्ज सरिता न्यौपाने सहित जिल्ला सचिवालय सदस्यहरुको उपस्थितिमा भएको सो बैठकमा जिल्ला अधिवेसनमा जनपरिचालन र व्यवस्थापनका वारेमा छलफल भएको थियो।

काठमाण्डौ क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा रहेको मुलपानी क्रिकेट मैदानमा पुस ८ गते ११ बजेबाट शुरु हुने मूल व्यवस्थापन समितिको बैठकलाई नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले प्रशिक्षणात्मक संबोधन गर्नेछन।

काठमाण्डौ जिल्ला कमिटीका सदस्यहरु  ११ नगर कमिटी र १३८ वडा वडाका स्थानीय कमिटीहरुका पदाधिकारीहरु सहित एक हजार भन्दा बढी स्थानीय कमिटीका  जिम्मेवार नेताहरु सहभागी हुने बैठकले अधिवेसन केन्द्रीत विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गर्ने जिल्ला सचिव दीपक निरौलाले जानकारी दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।