सुगम साकोस बुढानिलकण्ठ ११ को २० औं बार्षिक साधारण सभा सम्पन्न

सुगम साकोस बुढानिलकण्ठ ११ को २० औं बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ,मंगसिर २६। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा संचालित सुगम बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।  सुगम सहकारीमा सामाजिक सहभागिता सर्वसुलभ सेवा एबम सघन उपयोगिता भन्ने मुल नाराको साथमा  शनिबार राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक गोकर्ण जगडोलमा भएको उक्त साधारण सभाको प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका प्रमुख  उद्दब खरेल रहेका थिए भने बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी,  यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल, सुगम वेलफेयर सोसाइटी एबम सुगम बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार श्यामराज गौतम, जन जागृति माध्यमिक बिध्यालयका प्रधानाध्यापक रामकाजी केसी, संस्थाका सल्लाहकार रबि कुमार पौडेल, शिवपुरी बालुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष अंगर पौडेल, संस्थाका संस्थापक अध्यक्ष राम भक्त गौतम, नेफ्स्कुन संचालक समितिका सदस्य न्हुच्छे नारायण श्रेष्ठ (मिलन) लगायत संचालक समितिका सदस्य पदाधिकारी सहित शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता  सुगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन थापाले गरेका थिए भने कार्यक्रम संचालन अमृता केसी (रोनी)ले गरेकी थिइन।राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख  उद्दब खरेलले पानसमा दिप प्रज्वलन गरि गरेका थिए।कार्यक्रम संस्थाका संचालक  समिति सदस्य उत्तम पौडेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका  कोषाध्यक्ष रुपक पौडेलले सभा समक्ष संचालक समितिको तर्फ बाट कोषाध्यक्षको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक सुरेन्द्र गौतमले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए  ।उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको थियो  । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष  सुमन थापाले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

  सहकारीको मुलभूत सिद्धान्तहरुको अधिनमा रहेर आफ्नो सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासको मूल लक्ष्य राखी स्थापना भएको संस्थाले सफलतापुर्वक २० बर्ष पुरा गरि २१ बर्षमा प्रवेश गरेको जानकारी दिदै अध्यक्ष थापाले आर्थिक र सामाजिक रुपान्तरणका लागि छुट्टै पहिचान बोकेर स्थापित संस्थाले समयानुसारको शिप प्रबिधिलाइ आत्मसाथ गर्दै समाजको सवाल आर्थिक  रुपान्तरणका लागि केहि गर्नु पर्छ र केहि गर्नु सक्छौ भन्ने भावना भएको  व्यक्तिहरुको अवाद्दतालाइ संस्थाले सवल पूजीको रुपमा लिएको बताए उनले आर्थिक बर्ष २०७८/७९ मा सदस्यहरुको सदस्य पहिचान फारम (KYM) नवीकरण गराई अनलाइन सफ्टवेयर राखी मोबाइल बैकिङको सेवा सुरुवात गर्ने ,त्यसै गरि उनले संस्थाको नाममा जग्गा खरिद गरि संस्थाको आफ्नै भवन निर्माण कार्य शुरु गर्ने योजना रहेको जानकारी गराए। त्यसैगरि महिला समूहहरुलाई स्वरोजगार सृजना हुने किसिमका तालिम तथा योजना ल्याउने  रहेको बताए।

आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी १  करोड ९  लाख ३१ हजार १  सय रहेको छ । संस्थाका ९ सय ४९ ;जना सदस्य आवद्ध भएका छन् ।  यस अवधिमा संस्थाको जगेडा र अन्य कोषहरुमा  ६०  लाख ९५ हजार २ सय १२  रुपैयाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो । त्यस्तै संस्थाले ८ करोड ७८लाख ८३  हजार३ सय ६७ रुपैया ५७  निक्षेप संकलन गरी  ७ करोड ५१ लाख ९५  हजार ४९ रुपैया  रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । जुन गत आ व को तुलनामा ९.९६ प्रतिशतले बृद्दि भएको जानकारी गराइएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य  राख्दै बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले  अझैपनि सदस्यहरुलाई सहकारी बुझाउन बाँकी रहेको बताउदै संस्थाको उपसमितिलाई कृयाशिल बनाई सामाजिक रुपान्तरणका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए धेरै सहकारीमा सदस्य बन्नुभन्दा पनि एउटै सहकारीबाट कारोबार गर्न सदस्यहरुलाई उनको  अनुरोध थियो ।

 

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ११का वडा अध्यक्ष राजु अधिकारीले संस्थालाई शुभकामना दिदै सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्नेमा जोड दिदै  सदस्यहरुको एकताले नै संस्था अमर हुने उनको भनाई थियो । सहकारीहरुले आम्दानी गर्ने माध्यम संगै उद्यमशीलतालाई जोड्नु आवश्यक रहेको बताउदै त्यतातर्फ पनि ध्यान दिन अनुरोध गरेका थिए । सुगम सहकारी जगडोलकै  अग्रणी सहकारी भएकाले अन्य सहकारीहरुको लागि अनुकरणीय हुने खालका कार्यक्रम सहित अघि बढ्न आग्रह गरेका थिए  । सहकारीले  कृषी, पर्यटन, रोजगार उद्यमशिलतामा जोड दिनु पर्ने बताउदै  जसले गर्दा आर्थीक उर्पाजनले आर्थिक समृद्धि मिल्न सहयोग गर्ने बताएका थिए । उनले थोपा थोपा गरेर घैटो भरिन्छ त्यसै गरि वचत गर्न सके वचत गर्दै जादा जिबन सुरक्षित हुनेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै संस्थाका पुर्व अध्यक्ष एबम संस्थाका सल्लाहकार श्यामराज गौतमले धेरै सहकारीमा सदस्य बन्नुभन्दा पनि एउटै सहकारीबाट कारोबार गर्न सदस्यहरुलाई उनको  अनुरोध थियो। उनले जगडोलमा सुगम सहकारी एउटा समूह हुदै जन्मिएको इतिहास बताउदै सबै संस्थाहरु संग सुगम सहकारीले मिलेर काम गरिरहेको बताएका थिए ।

सहकारीको मर्म र भावना अनुसार समय सापेक्ष नीति तथा कार्यक्रम कार्यान्वयनमा सञ्चालक समितिको ध्यान दिन सकेमा सदस्यहरुको मन जित्न सकिने बताएका थिए  ।कार्यक्रममा संस्थाका सदस्य राजकुमार केसी, संस्थाका पुर्वा अध्यक्ष एबम सल्लाहकार रबिकुमार पौडेल, संस्थाका संस्थापक अध्यक्ष राम भक्त गौतम लगायतले शुभकामना मन्तब्य राखेका  थिए ।कार्यक्रममा उत्कृष्ट बचत कर्ता,  ऋणी लगायतलाई सम्मान गरिएको थियो भने  संस्थामा उल्लेखनीय योगदान पुर्याउने पुर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।