प्रभावशाली “कमब्याक” को तयारीमा काठमाण्डौ क्षेत्र नं चारका नेता निर्मल कुईकेल

प्रभावशाली “कमब्याक” को तयारीमा काठमाण्डौ क्षेत्र नं चारका नेता निर्मल कुईकेल

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का नेता निर्मल कुईकेलले प्रभावशाली कमब्याकको तयारीमा लागेको चर्चा अहिले क्षेत्रमा चलेको छ।

काठमाण्डौ क्षेत्र नं ४ ले कार्तिक २७ गते गरेको प्रतिनिधि छनोट भेलामा दसौ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भन्दै कुईकेल सर्वसम्मत महाधिवेसन प्रतिनिधि बनेका थिए।

उनका मित्र तथा नेकपा एमाले काठमाण्डौ महानगरपालिका कमिटीका अध्यक्ष निर्मल देउलाको साथ र समर्थनमा महाधिवेसन प्रतिनिधि बनेका कुईकेलले आगामी महाधिवेसनमा केन्द्रीय कमिटीमा प्रतिनिधित्वका लागि कसरत शुरु गरिसकेको उनि निकट श्रोतले जानकारी दिएको छ।

काठमाण्डौ जिल्लाको एमाले राजनीतिमा दशकौ योगदान दिएका उनले प्रारम्भिक कमिटी देखि जिल्ला अध्यक्ष सम्मको जिम्मेवारी बहन गरेका छन।

२०७० सालको निर्वाचनमा संविधान सभा र २०७४ सालको निर्वाचनमा प्रदेस सभा सदस्यको उम्मेदवार रहिसकेका उनले बैचारिक र शैदान्तिक राजनीतिलाई विशेष प्राथमिकतामा राख्दा मात्र कम्युनिष्ट आन्दोलन बलियो हुने बताउदै आएका छन।

गत निर्वाचन पछि केहि समय सक्रिय र आक्रामक राजनीतिबाट अलग रहदै सामाजिक सेवामा सक्रिय रहेका कुईकेल हाल नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य हुन।

 

 

 

तपाइँको प्रतिक्रिया ।